राष्ट्रिय हाजिरीजवाफमा न्यू होराइजन प्रथम, कान्ति दोस्रो र तुल्सी बोर्डिङ तेस्रो


appharu

३० जेष्ठ २०७८, आईतवार १२:५६ मा प्रकाशित

पालिकापत्र, संवाददाता ।

प्याब्सन, एन प्याब्सन र हिसानले संयुक्तरुपमा आयोजना गरेको राष्ट्रियस्तरको हाजिरीजवाफ प्रतियोगितामा बुटवलको न्यू होराइजन इङ्लिस बोर्डिङ स्कूल प्रथम भएको छ ।

न्यू होराइजनको प्रतिनिधित्व कक्षा १० का विद्यार्थी युवराज पन्थीले गरेका थिए । नेपाल स्कूल मेला नामको क्वीज प्रतियोगितामा देशभरका दुई सय विद्यालयका छात्र छात्राले भाग लिएका थिए । जसमा बुटवलकै कान्ति बोर्डिङ स्कूल दोस्रो र दाङको तुलसीपुरस्थित तुल्सी बोर्डिङ स्कूल तेस्रो भएका छन् ।

कान्तिको प्रतिनिधित्व विद्यार्थी अशोक आचार्य र तुल्सीको प्रतिनिधित्व आर्जन बस्नेतले गरेका थिए । कोरोना महामारीका कारण भर्चुअल ( अनलाइन ) विधिबाट भएको प्रतियोगितामा प्रथम हुनेले २५ हजार,दोस्रोले १५ हजार र तेस्रोले १० हजार नगद पुरस्कार पाउने छन् । दुई सय विद्यालयले भाग लिएकामा पहिलो चरणमा ११७ विद्यालय छनोट भएका र ती मध्येबाट ३६ जनाबीच फाइनलमा प्रतिस्पर्धा भएको प्याब्सनका केन्द्रीय अध्यक्ष टिकाराम पुरीले बताए ।

विजेता विद्यार्थीहरुले विभिन्न कलेजमा छात्रवृत्तिमा अध्ययनको अवसर पनि पाएका छन् । कार्यक्रममा कलेज रिडर्ससहित विभिन्न कलेजहरुले सहकार्य गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्