पेट्रोलियम पदार्थ बिक्रीमा संलग्न सबै मजदुरले भोलिदेखि खोप पाउने


appharu

१ असार २०७८, मंगलवार १५:५६ मा प्रकाशित

पालिका पत्र ।

पेट्रोलियम पदार्थ बिक्री वितरणमा संलग्न सबै मजदुरले खोप पाउने भएका छन्।पेट्रोलियम पदार्थ बिक्री वितरणमा संलग्न सबैलाई खोप दिने व्यवस्था गरिएको आयल निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए।

पम्प व्यवसायीहरूले खोपको व्यवस्था नभए बुधबारदेखि तेल खरिद नगर्ने चेतावनी दिएपछि निगमले पेट्रोलियम पदार्थ ढुवानी, बिक्री–वितरण गर्ने सबै मजदुरलाई खोपको व्यवस्था गरेको हो।

खोपको व्यवस्था भएसँगै पम्प व्यवसायीहरुले तेल उठाउने भएका छन्। ट्यांकर चालकलाई भने बुधबारदेखि नै खोप लगाइने निगमका प्रवक्ता उपाध्यायले जानकारी दिए। उनका अनुसार ट्यांकर चालकलाई बलम्बु पुलिस हस्पिटलबाट खोप लगाइने छ।

प्रतिक्रिया दिनुहोस्