स्थानीय तहमा मेयर अधिकारीको ४ बर्ष, चुनावी वाचा पुरा हुँदै


appharu

१ असार २०७८, मंगलवार १६:२८ मा प्रकाशित

पालिका पत्र, कपिलवस्तु।

कपिलवस्तुको शिवराज नगरपालिकाका नगर प्रमुख नेत्रराज अधिकारीले चुनावताका बोलेका बाचा पूरा गर्ने दिशातिर लाग्नुभएको छ । मेयरमा निर्वाचित भएको ४ बर्ष पुग्नै लाग्दा नगर प्रमुख अधिकारीले क्रमश आफुले मतदाता समक्ष गरेका प्रतिवद्धता पूरा गर्न थाल्नुभएको हो । स्थानीय तहको नेतृत्व गरेको करिब ४ बर्ष पुरा हुन लागेको छ । अब १० महिनामात्र कार्यकाल रहेको अवस्थामा अधिकांस लक्ष्यहरु हासिल गर्नेतर्फ अग्रसर रहेको उहाँले बताउनु भयो ।

चालु आवमा नगरभित्र दुई वटा एम्बुलेन्स र एक दमकलको व्यवस्था गरी उहाँले नगरबासीको माग पुरा गर्नुभएको छ । गर्मीयाममा आगलागीका घटना बढ्ने शिवराजमा दमकल नहुँदा समस्या हुँदै आएको थियो । त्यसैलाई मध्यनजर गरी नगरपालिकाले दमकल खरिद गरी सञ्चालनमा ल्याएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले मायादेवीलाई बताउनुभयो ।

यस्तै यसै बर्ष नगरले दुई वटा एम्बुलेन्स खरिद गरेको छ । एम्बुलेन्स खरिदसंगै अब नगरबासीलाई उपचारका लागि अयन्त्र लैजान सहज हुने नगरको विश्वास छ । कोरोना महामारीका बेला नगरले दुई एम्बुलेन्स खरिद गरी सिंगो नगरपालिका स्वास्थ्य प्रति संवेदनशिल छ भन्ने देखाएको छ । चुनावका बेला नगर प्रमुख अधिकारीले नगरबासीका लागि एम्बुलेन्स सेवा दिने प्रतिवद्धता जनाउनुभएको थियो ।

गत बर्ष कोरोना महामारीका बेला स्वास्थ्य उपचारमा कठिनाई भैरहेका बेला शिवराजले कोभिड-१९ अस्थायी अस्पताल द्रुत गतिमा बनाएर प्रशंसा बटुलेको थियो । ३० बेडको उक्त अस्पताल निर्माणसंगै स्वास्थ्य उपचारमा अहिले सहजता आएको छ । नगरले आफ्नै खर्चमा डाक्टर राखेर अहिले विरामीको सेवा प्रदान गरिरहेको छ ।

चुनावको बेला नगर प्रमुख अधिकारीले स्वास्थ्य सेवालाई प्राथमिकतामा राखे बमोजिम अहिले चन्द्रौटामा प्रदेश सरकारले १ सय शैयाको सरुवा रोग अस्पताल निर्माण भैरहेको छ । नगरपालिकाको पहल र प्रदेश सरकारको प्राथमिकतामा अहिले चन्द्रौटामा यति ठूलो शैयाको अस्पताल बन्न लागेको हो । जुन शिवराज नगरबासीको लागि खुसीको कुरा भएको नगरबासी बताउँदै आएका छन् ।

नगर प्रमुख अधिकारीले आफ्नो पूरा कार्यकालमा आफुले बोलेका सबैजसो प्रतिवद्धता पूरा गर्ने अभियानमा लागेको एमाले नेता शरद अधिकारीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्