वाढीले रोड डिभाइडर बगायो, बुटवल-बर्दघाट सडक खण्ड अवरुद्ध


appharu

१ असार २०७८, मंगलवार १६:३५ मा प्रकाशित

नवलपरासी । वाढीले रोड डिभाइडर बगाउँदा बुटवल बर्दघाट सडक खण्ड अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत देवदह–१० चरंगे नजिक डाइभर्सन गरेको सडक भासिँदा सडक अवरुद्ध भएको हो । राजमार्ग विस्तारको क्रममा चार लेनको पुल बनाउन सो ठाउँमा सवारी ओहोर दोहोर गर्न डाइभर्सन बनाइएको थियो । डाइभर्सन भासिँदा मध्यान्न साढे १२ बजेदेखी सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ । सडक भासिए पछि गन्तव्यमा हिडेका सवारी साधन दुबै तर्फ अलपत्र परेका छन ।

प्रतिक्रिया दिनुहोस्