कपिलवस्तुको वाणगंगा नगरले असार ९ गते बजेट ल्याउने

भोलि नै नगर सभामा नीति तथा कार्यक्रम पेश गर्दै


appharu

१ असार २०७८, मंगलवार १७:५८ मा प्रकाशित

पालिका पत्र, कपिलवस्तु
कपिलवस्तुको वाणगंगा नगरपालिकाले बुधबार (भोलि) नगर सभामा नीति तथा कार्यक्रम पेश गर्ने भएको छ । मंगलबार नगरपालिकामा बसेको नगर कार्यपालिकाको बैठकले नीति तथा कार्यक्रम भोलि ९ औं नगर सभामा पेश गर्ने निर्णय गरेको हो ।

नगरपालिकाले असार ९ बजे नै बजेट ल्याउने तयारी गरेको छ । स्रोतका अनुसार नगरपालिकाले करिब १ अर्ब ५० करोड बराबरको बजेट ल्याउने छ । यही असार ९ गते बजेट ल्याउने मितिबारे पनि नगर कार्यपालिकाले निर्णय गरेको नगर प्रवक्ता विष्णु पौडेलले जानकारी दिनुभयो ।

यस्तै नगर कार्यपालिकाको बैठकले वडा नं. ८ मा रहेको आयुर्वेदिक औषधालयका लागि मायादेवी रंगशालाको पश्चिम दक्षिणमा रहेको करिब २ विगाह क्षेत्रफलको जग्गा भोगचलन गर्न दिने निर्णय गरेको नगर प्रवक्ता पौडेलले बताउनुभयो ।

तस्बीर फाइल

प्रतिक्रिया दिनुहोस्