असार २५ गतेसम्म कर तिर्न सूचना जारी


appharu

२ असार २०७८, बुधबार १८:१३ मा प्रकाशित

काठमाडौं ।
आन्तरिक राजस्व विभागले असार २५ गतेसम्म कर तिर्न आग्रह गरेको छ । विभागले सूचना प्रकाशित गर्दै कर विवरण तथा कर दाखिला गर्ने म्याद असार २५ गतेसम्म तोकेको जनाएको छ ।

२०७८ वैशाख महिनाको द्विमासिक अवधिको मूल्य अभिवृद्धि कर विवरण र सो विवरण बमोजिमको कर दाखिला गर्ने म्याद असार २५ गतेसम्म रहेको जनाएको छ ।

यस्तै वैशाख महिनाको बुझाउनुपर्ने आयकरको अग्रिम करकट्टी भएको र कम र सोको विवरण बुझाउने म्याद पनि असार २५ गतेसम्म भएको जनाइएको छ ।

यसैगरी अन्तः शुल्क दाखिला गर्ने समय, शिक्षा सेवा शुल्क, टेलिफोन स्वामित्व शुल्क र दूरसञ्चार सेवा दस्तुर दाखिला गर्ने सयम पनि असार २५ गतेसम्म रहेको विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्