सुनवल नगरपालिकाको वजेट ९२ करोड ४९ लाख

शिक्षामा सबैभन्दा बढी


appharu

६ असार २०७८, आईतवार २१:१२ मा प्रकाशित

पालिका पत्र / सुनवल ।
नवलपरासी पश्चिमको सुनवल नगरपालिकाले आगामी आर्थिक वर्ष ०७८÷०७९ का लागि कुल ९२ करोड ४९ लाख रुपैयाँ बजेट सार्वजनिक गरेको छ ।
नगरपालिकाको आइतबार सम्पन्न नवौं नगर सभामा नगरपालिकाका उपप्रमुख दधिराम अर्यालले चालुतर्फ ४० करोड ४० लाख र पूँजीगततर्फ ५१ करोड ७८ लाख रुपैयां गरी ९२ करोड ४९ लाख रुपैयाँ बजेट सार्वजनिक गरेका हुन् । जसमा आन्तरिक आयतर्फ २० करोड ९ लाख र बाह्यतर्पm ७२ करोड ४० लाख आम्दानीबाट उक्त बजेट तयार गरिएको हो ।
विनियोजित बजेटमा सबैभन्दा बढी सामाजिक विकासतर्फ ३० करोड ८२ लाख रुपैया छुट्टाइएको छ । जसमा शिक्षातर्फ सबैभन्दा बढी २२ करोड ८९ लाख रहेको छ । स्वास्थ्यतर्फ ४ करोड ८३ लाख छुट्टाइएको छ ।
पूर्वाधार विकासतर्फ ३० करोड ४१ लाख छुट्टाइएको छ । उक्त शिर्षकमा सबैभन्दा बढी सडक तथा पुल निर्माणतर्फ १४ करोड ७३ लाख र नाला, कल्भर्ट निर्माणतर्फ ४ करोड ८१ लाख रहेको छ ।
आर्थिक विकासतर्फ ५ करोड ८७ लाख बजेट विनियोजन गरिएको छ । जसमा कृषिमा २ करोड ४७ लाख र पशु सेवातर्फ ९४ लाख रहेको छ । सिँचाईतर्फ ६ लाख छुट्टाइएको छ ।
त्यसैगरी वातावरण तथा विपद् व्यवस्थापनमा ४ करोड ७० लाख र संस्थागत विकास र सुशासनतर्फ ३ करोड ५१ लाख बजेट विनियोजन गरिएको छ ।
बजेटमा कोभिड–१९ का कारण दण्ड जरिवानामा छुट दिइएको छ । सुत्केरी पोषण खर्चमा १ हजारमा वृद्धि गरी ३ हजार पु¥याइएको छ ।
नगर सभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगर प्रमुख भीम बहादुर थापाले कोभिड–१९ का कारण चालु आर्थिक वर्षमा सम्पन्न हुन नसकेका योजनालाई निरन्तरता दिदैं स्वास्थ्य, शिक्षा र रोजगारीलाई प्राथमिकतामा समेटिएको बताए ।

प्रतिक्रिया दिनुहोस्