रुपन्देहीको कोटहीमाई गाउँपालिकामा तालाबन्दी


appharu

२० असार २०७८, आईतवार १८:२५ मा प्रकाशित

पालिका पत्र /कोटहीमाई ।
जनता समाजवादी पार्टीभित्रको आन्तरिक विवादले रुपन्देहीको कोटहीमाई गाउँपालिकामा वडा अध्यक्षले तालावन्दी गरेका छन्।
जसपाको महन्थ ठाकुर पक्षका सवेन्द्रनाथ शुक्ला पक्षधर वडा नं ३ का अध्यक्ष चन्द्रभान यादव र वडा नं ४ का अध्यक्ष ओम प्रकाश पाण्डेले गाउंपालिका कार्यालयमा तालाबन्दी गरेका हुन् । कार्यालयमा जनप्रतिनिधि नआएको हुँदा तालाबन्दी गरेको वडा अध्यक्ष पाण्डेले बताए ।

गाउँपालिका अध्यक्ष र उपाध्यक्ष जसपा अध्यक्ष उपेन्द्र यादव निकट हुन भने ताला लगाउने दुबै अध्यक्ष अर्का अध्यक्ष महन्थ ठाकुर समूहका शुक्ला निकट हुन्।

गाउँपालिकाका प्रमुख प्रशाशकिय अधिकृत दुर्गा गौडले आफु बिरामी भएका कारण कार्यलय जान नसकेको तर अध्यक्ष, उपाध्यक्ष र अन्य कर्मचारीको बिषयमा आफुलाई कुनै जानकारी नभएको बताए।

प्रतिक्रिया दिनुहोस्