काठमाडौँ ।
कर्मचारी सञ्चय कोषले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । कोषले साउन १ गते देखि सञ्चय कोष तथा निवृत्तभरण कोषमा कर्मचारी सञ्चय कोषबाट सञ्चयकर्ता–योगदानकर्तालाई दिने र लिने नयाँ ब्याजदर सार्वजनिक गरेको हो ।
कोषका अनुसार सञ्चयकर्तारयोगदानकर्तालाई सञ्चय कोष तथा निवृत्तभरण कोषमा प्रदान गर्ने व्याज दर ६.५० प्रतिशत कायम गरेको छ भने सञ्चयकर्ता सापटीहरू तर्फ विशेष सापटीमा ७.६० प्रतिशत, घर सापटी, घर मर्मत सापटी तथा शैक्षिक सापटीमा ७.९० प्रतिशत र सरल चक्र कर्जामा ८ प्रतिशत तोकेको छ ।