लायन्स क्लब बेलबास सिर्जनशीलद्वारा बृक्षारोपण


appharu

२ श्रावण २०७८, शनिबार ११:४८ मा प्रकाशित

पालिका पत्र, बुटवल ।
लायन्स क्लब अफ बुटवल बेलबास सिर्जनशीलले बृक्षारोपण गरेको छ । बुटवल बेलबासको भैरव मन्दिर परिसरमा रुद्राक्ष,अमला,बेल,हर्रोबर्रो लगायत विभिन्न जातका एक सय बढी बिरुवा रोपिएको क्लबले जनाएको छ । कार्यक्रममा लायन्स इन्टरनेसनल डिस्ट्रिक ३२५ बी २ नेपालका डिस्ट्रिक्ब्ट एक्जुकेटिभ चिफ अर्जुनमान सैंजू,डिस्ट्रिक्ट कोचिफ एडभाइजर पुरुषोत्तम प्रधानांग,डिस्ट्रिक्ट चिफ दीपक श्रेष्ठ,रिजन चेयरपर्सन ओमकार आचार्य,शोभाखर पोखरेल,शिवलाल उपाध्याय, गोबिन्द खनाल, वडा सदस्य बेदप्रसाद गैरे, मधुकला कुंवर, लगायतको सहभागिता रहेको थियो । क्लबकी सदस्य कल्पना भण्डारी भट्टराईको संयोजकत्वमा भएको बृक्षारोपण कार्यक्रमको अध्यक्षता क्लबकी अध्यक्ष सीता पौडेल,सञ्चालन माया कंडेल र स्वागत सरीसवती खनालले गरेका थिए । क्लबले हरेक वर्ष बृक्षारोपण गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्