कपिलवस्तुका १० पालिकामा आजदेखि ३४ हजार बढी डोज भेरोसेल खोप दिइँदै


appharu

18 July, 2021 6:41 am मा प्रकाशित


पालिका पत्र, कपिलवस्तु ।

कपिलवस्तुमा आज आइतबार भेरोसेल खोप दिइदै छ । साउन ५ गते सम्म तालिका बनाएर १० पालिकाका ९६ स्वास्थ्य चौकीबाट खोप दिन लागिएको बताइएको स्वास्थ्य कार्यालयले जनाएको छ । ५४ वर्षदेखि ५९ उमेर समूहका नागरिकलाई सम्बन्धित पालिकाका स्वास्थ्य चौकीमा गएर खोप लगाउन कार्यालयले विशेष अनुरोध गरेको छ ।

जिल्लामा ३४ हजार ३४ डोज खोप आएको र त्यसको लागि सिमित उमेर समूह र पेशा तोकिएको प्रमुख जिल्ला अधिकारी चक्रपाणी पान्डेले पालिका पत्रसंग बताउनुभयो । व्यक्ति तथा औषधी पसल, फलफूल, तरकारी पसल, खाद्यान्न पसल, होटल, रेष्टुरेन्ट संचालक, पेट्रोलियम ढुवानी र सार्वजनिक यातायात चालक, सह चालक, शिक्षक, विदेश जान भिषा प्राप्त व्यक्ति र पहिले प्राथमिकतामा परेका तर छुटेका व्यक्तिहरूलाई पहिलो डोज दिने जनाएको छ ।

यस्तै वाणगंगा नगरपालिकामा पनि आजदेखि ५ गते सम्म भेरोसेल खोपको पहिलो डोज लगाइदै छ । उक्त खोप ५५ वर्ष मार्थिका हालसम्म खोप नलगाएका सबैलाई लगाइने नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ ।

यस्तै बैदेशिक रोजगारीमा जानलागेका ब्यक्ती, सार्वजनिक यातायातका चालक तथा सहचालक, विश्वविद्यालय तथा विद्यालयका शिक्षक तथा कर्मचारीलाई खोप लगाइने नगरपालिका स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेलले जानकारी दिनुभयो ।पौडेलले आफ्नो वडाका विभिन्न स्वास्थ्यचौकीमा गएर विहान १० बजेदेखि साझ ४ बजेसम्म खोप लगाउन सकिने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्