माओवादी केन्द्रको संसदीय दलको बैठक आज, प्रतिनिधिसभाको पहिलो बैठक आजै


appharu

३ श्रावण २०७८, आईतवार ०६:५५ मा प्रकाशित

काठमाडौँ । नेकपा माओवादी केन्द्रले भोलि बिहान ११ः०० बजे संसदीय दलको बैठक बोलाएको छ।

माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार संसदीय दलको बैठकमा पछिल्लो राजनीतिक अवस्था, संसदमा माओवादीको भूमिका र सरकारमा सहभागिताबारे छलफल हुनेछ।

सर्वोच्च अदालतको फैसलाबाट पुनःस्थापना भएपछि आइतबार प्रतिनिधिसभाको पहिलो बैठक बस्दैछ। राष्ट्रपति विद्यादेवि भण्डारीले मन्त्रिपरिषदको सिफारिसमा आइतबार अपराह्न ४ः०० बजेका लागि प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक आह्वान गरेकी थिइन्।

प्रतिक्रिया दिनुहोस्