कृष्णनगर नगरपालिकाले ल्यायो ७० करोडभन्दा बढीको बजेट


पालिका पत्र

४ असार २०८३, बिहीबार ०६:३१ मा प्रकाशित

असार ४, कपिलवस्तु ।

कपिलवस्तुको कृष्णनगर नगरपालिका को १६औँ नगरसभाले आर्थिक वर्ष २०८३/८४ का लागि ७० करोड ७९ लाख ६३ हजार ६ सय रुपैयाँ बराबरको बजेट प्रस्तुत गर्दै वार्षिक नीति तथा कार्यक्रम पारित गरेको छ।

नगरसभामा प्रस्तुत बजेट अनुसार पुँजीगततर्फ २४ करोड ७७ लाख ८६ हजार २ सय ६० रुपैयाँ तथा चालुतर्फ ४६ करोड १ लाख ६७ हजार ३ सय ४० रुपैयाँ विनियोजन गरिएको छ। सभामा आर्थिक विधेयक २०८३/८४ र विनियोजन विधेयक २०८३/८४ समेत पेश गरिएको नगरपालिकाले जनाएको छ।

आगामी आर्थिक वर्षका लागि पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, कृषि तथा जनसेवा प्रवाहलाई प्राथमिकतामा राखेर बजेट कार्यान्वयन गरिने जनाइएको छ।

नगर प्रमुख रजत प्रताप शाह ले नगरवासीको आवश्यकता र अपेक्षालाई मध्यनजर गर्दै विकास निर्माणका कार्यलाई प्रभावकारी रूपमा अघि बढाइने बताउनुभयो।

नगरसभामा उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू तथा अन्य जनप्रतिनिधिहरूको समेत उल्लेखनीय सहभागिता रहेको थियो।

प्रतिक्रिया दिनुहोस्