जसपा नवलपरासी अध्यक्षमा धरेन्द्र यादव


appharu

४ श्रावण २०७८, सोमबार १७:३६ मा प्रकाशित

पालिका पत्र/ बुटवल ।
समाजवादी पार्टी नेपाल र राजपा नेपाल नवलपरासी बीच समायोजन भएको छ । समायोजनपछि धरेन्द्र यादवको अध्यक्षतामा २६ सदस्यीय कार्यकारिणी समिति र १०५ सदस्यीय जिल्ला समन्वय समिति गठन भएको छ ।

कार्यकारिणी समितिको वरिष्ठ नेतामा हरिनारायण चौधरी,वरिष्ठ उपाध्यक्षमा रोहित साहनी, उपाध्यक्षहरुमा गोबिन्द पटेल,रविन्द्र यादव र शेषनारायण साहनी,सचिवमा यमबहादुर थापा, सहसचिवहरुमा अनिरुद्र गौड, चन्द्रभुषण पाठक, जोगकुमारी चौधरी र महेन्द्र गुप्ता,कोषाध्यक्षमा राजेन्द्र गौड र प्रवक्तामा रामआज्ञा पाण्डे चयन भएका छन् ।

सदस्यहरुमा अमीरउल्ला मिया, गंगाराम चौधरी, रामकुण्डल यादव,रामकुमार गुप्ता, अंगत साहनी, नन्दकिशोर पजियार,रामेश्वर केवट,जयन्तसिंह चौधरी, सन्जु चौधरी, लख्खु यादव, रामसमुझ कुर्मी, चन्द्रधामा हरिजन र जमरुद्दिन पठान लगायतको कार्यकारिणी समिति सर्वसम्मत चयन भर्एको पार्टी प्रदेश अध्यक्ष अशोककुमार यादवले जानकारी दिए ।

समायोजन वैठकमा पार्टी प्रदेश इन्चार्ज दानबहादुर चौधरी, सह-इन्चार्जहरु चिनक कुर्मी,कमल खनाल, नवीन सुनुवार, प्रदेश अध्यक्ष अशोकुकार यादव, केन्द्रीय सदस्य सुरेन्द्र पटेल, मुख्य सचिव यज्ञ पोखरेल, समायोजन कार्यदल संयोजक पार्टीका केन्द्रीय सदस्य गोविन्द चौधरी, अतिउल्लाह मुसलमान लगायतको उपस्थितिमा सम्पन्न वैठकले समायोजन निर्देशिका अनुसार सर्वसम्मत रुपमा जिल्ला समन्वय समिति चयन गरेको हो ।

ठकमा सहभागी नेताहरुले जिल्ला समन्वय समिति अध्यक्ष यादवलाई बधाई ज्ञापन गर्दै पार्टीलाई जिल्लामा पहिलो शक्तिको रुपमा स्थापित गर्न शुभकामना दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्