जसपा लुम्बिनी प्रदेश समितिद्वारा बकर इदको शुभकामना


appharu

५ श्रावण २०७८, मंगलवार १६:०८ मा प्रकाशित

पालिका पत्र/ बुटवल ।
मुस्लिम समुदायको महान् पर्व बकर इद् ( ईद उल अजहा) को अवसरमा जनता समाजवादी पार्टी (जसपा) लुम्बिनी प्रदेश समितिले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण मुस्लिम दिदीबहिनी तथा दाजुभाइहरुमा शुभकामना व्यक्त गरेको छ ।

प्रदेश समिति अध्यक्ष अशोककुमार यादव र मुख्य सचिव यज्ञ पोखरेलले एक विज्ञप्ति जारी गर्दै बकर इदको अवसरमा समस्त मुस्लिम समुदायमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्र गरेका छन् ।

नेपाल वहुधार्मिक, बहुसांस्कृतिक र धर्म निरपेक्ष विशेषतायुक्त राष्ट्र भएकाले राज्यले सबै समुदायलाई समान न्याय गर्नुपर्ने विज्ञप्तिमा उल्लेख छ । मुस्लिम समुदाय अल्पसंख्यक भएकाले उनीहरुका हक अधिकार स्थापित गर्न सरकारले प्राथमिकतामा राख्नुपर्ने विज्ञप्तिमा उल्लेख गरेका छन् । कोरोना महामारी अन्त्य भइनसकेकाले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर सामाजिक दूरी कायम गरेर बकर इद मनाउन विज्ञप्तिमार्फत मुस्लिम समुदायमा आग्रह गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्