लायन्स तिलोत्तमा बुद्धज्योतिमा पद हस्तान्तरण


appharu

१० श्रावण २०७८, आईतवार १०:४१ मा प्रकाशित

पालिका पत्र, बुटवल ।

लायन्स क्लब अफ तिलोत्तमा बुद्धजयोतिको चौथो वार्षिक अधिवेशनबाट निर्वाचित वर्ष २०२१–२२ को नयां कार्यसमितिलाई अघिल्लो कार्यसमितिले पद हस्तान्तरण गरेको छ ।

वर्ष २०२०–२१ का अध्यक्ष नारायण पाण्डेले नवनिर्वाचित अध्यक्ष केशरबहादुर थापा (विष्णु) नेतृत्वको कार्यसमितिका सचिव र कोषाध्यक्षलाई पद हस्तान्तरण गरेको हो । क्लबका चार्टर्ड प्रेसिडेन्ट भक्तबहादुर खड्काको प्रमुख आतिथ्यतामा निवर्तमान सचिव कृष्णप्रसाद पन्थीले नवनिर्वाचित सचिव विनोद भण्डारी र कोषाध्यक्ष शोभाखर सुनारलाई माइन्युट र चेक हस्तान्तरण गरेका हुन् ।

गत बैसाखमा भएको साधारणसभाले अध्यक्षमा थापासहित प्रथम उपाध्यक्षमा गंगाराज सापकोटा, द्वितीय उपाध्यक्षमा देवबहादुर कुंवर, तृतीय उपाध्यक्षमा कृष्णप्रसाद पन्थी, सचिवमा विनोद भण्डारी, क्लब एड्मििनिस्ट्रेटरमा उपेन्द्रप्रसाद अधिकारी, कोषाध्यक्षमा शोभाखर सुनार, सह–सचिवमा करन राना र सह–कोषाध्यक्षमा हुतराज शर्मालाई निर्वाचित गरेको थियो ।

यस्तै मेम्बरसीप चेयर पर्सनमा राजेन्द्रप्रसाद शर्मा, एलसीआईएफ कोर्डिनेटरमा हिरा गिरी, क्लब सर्भिस चेयर पर्सनमा बसन्त पाण्डे, क्लब मार्केटिङ एण्ड कम्युनिकेसन चेयरपर्सनमा टोपराज शर्मा र टेल टुइस्टरमा रामप्रसाद पन्थी निर्वाचित भएका थिए ।
त्यस्तै क्लबको निर्देशकहरुमा मेख कुंवर, हिरा यादव, केशवरज पौडेल, दीपक अर्याल र आदर्श ज्ञवाली रहेका छन् ।

पद हस्तान्तरण कार्यक्रममा क्लबका चार्टर प्रेसिडेन्ट भक्तबहादुर खड्काले नयां कार्यसमितिलाई शुभकामना दिंदै सामाजिक सेवाका क्षेत्रमा थप रचनात्मक र सिर्जनशील काम गर्न सुझाव दिए । क्लबका अध्यक्ष केशरबहादुर थापाले क्लबलाई जिल्ला प्रशासन कार्यालयमा दर्ता गरेर स्थानीय तहसंगको सहकार्यमा सामाजिक कामलाई निरन्तरता दिने बताए । सो अवसरमा नयां सदस्य सुरज काफ्लेलाई क्लबमा स्वागत गरिएको थियो ।
क्लबले स्थापनाको दोस्रो वर्षमै योगिकुटीमा २० लाख रुपैयाँ लगानीमा लायन्स स्मार्ट पार्क निर्माण गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्