लायन्स बुटवल देउरालीको स्पोन्सरमा तीन वटा लायन्स क्लब गठन


appharu

१० श्रावण २०७८, आईतवार १२:२० मा प्रकाशित

पालिका पत्र, बुटवल ।
लायन्स क्लब अफ बुटवल देउरालीको स्पोन्सरमा एक महिनाभित्रै तीन वटा लायन्स क्लब गठन भएका छन् ।

क्लबको वर्ष २०२१।२२ का अध्यक्ष ज्ञानप्रसाद पौडेलले २४ दिनमा तीन वटा नयां क्लब गठनसंगै होम क्लबमा ६ जना गरी ८१ जनालाई लायन्स क्लबको सदस्य बनाउन सफल भएका हुन् ।

नव गठित क्लबहरुमा लायन्स क्लब अफ बुटवल देउराली साकुरा,लायन्स क्लब अफ बुटवल देउराली दिव्य दृष्टि र लायन्स क्लब अफ बुटवल देउराली रेसुंगा रहेका छन् ।

लायन्स बुटवल देउराली साकुराको २५ सदस्यीय कार्यसमितिको अध्यक्षमा कमला जोशी,प्रथम उपाध्यक्षमा कमला भण्डारी,द्वितीय उपाध्यक्षमा तेजकुमारी पौडेल,तृतीय उपाध्यक्षमा आरती मल्ल,सचिवमा कृष्णा घर्ती र कोषाध्यक्षमा लक्ष्मी पराजुली चयन भएका छन् ।

यस्तै लायन्स क्लब बुटवल देउराली दिव्य दृष्टि (डिभाइन भिजन)को २७ सदस्यीय कार्यसमितिको अध्यक्षमा इश्वरी पौडेल,प्रथम उपाध्यक्षमा गोबिन्द भण्डारी,द्वितीय उपाध्यक्षमा भुपेन्द्र माझी,तृतीय उपाध्यक्षमा लिलाधर घिमिरे,सचिवमा प्रकाश ज्ञवली,कोषाध्यक्षमा होमनाथ पाण्डे,सहसचिवमा गुरुप्रसाद पाण्डे र सहकोषाध्यक्षमा माधव पन्त चयन भएका छन् ।

यस्तै लायन्स बुटवल देउराली रेसुंगाको २२ सदस्यीय कार्यसमितिको अध्यक्षमा दुर्गा घिमिरे,प्रथम उपाधयक्षमा विष्णु पुरी,द्वितीय उपाध्यक्षमा चन्दन सिंजाली,तृतीय उपाध्यक्षमा अर्जुन पोखरेल,सचिवमा केशव भण्डारी,सहसचिवमा कृष्ण घिमिरे,कोषाध्यक्षमा चुरामणि विक र सहकोषाध्यक्षमा विनोद पोखरेल चयन भएका छन् ।
तीनवटै क्लबका सदस्यलाई लायन्स पाठशाला कार्यक्रम आयोजना गरी डिस्ट्रिक्ट चिफ एडभाइजर उमंग देवकोटा,एलसीआईएफ कोर्डिनेटर किरण खरेल र एरिया ४ चिफ जीवन गौतमले प्रशिक्षण दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्