लायन्स बुटवल देउरालीको स्पोन्सरमा नयां क्लब गठन


appharu

१४ श्रावण २०७८, बिहीबार ११:३९ मा प्रकाशित

पालिका पत्र, बुटवल ।
लायन्स क्लब अफ बुटवल देउरालीको स्पोन्सरमा लायन्स क्लब अफ बुटवल पारिजात गठन भएको छ ।

२१ सदस्यीय क्लबको अध्यक्षमा मधुकला कुंवर,प्रथम उपाध्यक्षमा कल्पना बस्नेत थापा, द्वितीय उपाध्यक्षमा वर्षा निकिसरा,तृतीय उपाध्यक्षमा दुर्गा अधिकारी,सचिवमा रिता भट्टराई,कोषाध्यक्षमा विमला पाठक,सहसचिवमा शान्ता घिमिरे र सहकोषाध्यक्षमा सीता डुम्रे चयन भएका छन् ।

यस्तै मेम्बरसीप डाइरेक्टरमा रितादेवी शर्मा,टेलटुइस्टरमा कमला पाण्डे,टेमरमा दीपा पौडेल,पीआरओमा हसिनापात्र बंश, डाइरेक्टरहरुमा सिता मरासिनी,गीता मगर,मन्जु बस्नेत,मनिता गौतम र दुर्गा न्यौपाने चयन भएका छन् ।

यस्तै सदस्यहरुमा शान्तिकुमारी घिमिरे,निकिता शाक्य,रिता घिमिरे र लक्ष्मी पौडेल चयन भएका छन् । क्लब गठन कार्यक्रम लायन्स क्लब इण्टरनेसनल ३२५ बी २ नेपाल डिस्ट्रिक्ट चिफ एड्भाइजर उमंग देवकोटाको प्रमुख आतिथ्यता र एरिया ४ का एरिया चिफ जिवन गौतम, लायन्स क्लब अफ बुटवल देउरालीका अध्यक्ष ज्ञानप्रसाद पौडेलको उपस्थितिमा भएको हो ।

लायन्स क्लब अफ बुटवल देउरालीको स्पोन्सरमा एक महिनाभित्रै चारवटा लायन्स क्लब गठन भएका छन् । क्लबको वर्ष २०२१।२२ का अध्यक्ष ज्ञानप्रसाद पौडेलले एक महिनाको अवधिमा लायन्स क्लब पारिजातसहित चारवटा नयां क्लब गठन गरेका हुन् । यसअघि लायन्स क्लब अफ बुटवल साकुरा,लायन्स क्लब अफ बुटवल दिव्य दृष्टि र लायन्स क्लब अफ बुटवल रेसुंगा गठन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्