लायन्स बुटवल देउरालीका अध्यक्ष पौडेलले कायम गरे लायन्स इतिहासमा विश्व रेकर्ड

५१ दिनमा २६१ नयां सदस्य सहित ११ नयां क्लब गठन


appharu

८ भाद्र २०७८, मंगलवार ०७:२५ मा प्रकाशित

पालिका पत्र, बुटवल । लायन्स क्लब अफ बुटवल देउरालीका अध्यक्ष ज्ञानप्रसाद पौडेलले नयां लायन्स क्लब गठन र सदस्यता बृद्धिमा विश्व रेकर्ड कायम गरेका छन् । लायन्स क्लबको १०४ वर्षको अन्तर्राष्ट्रिय इतिहासमा क्लबको अध्यक्ष भएको ५१ दिनमा पौडेलले ११ वटा नयां क्लब गठन र २ सय ६१ जना नयां सदस्य बनाएर रेकर्ड कायम गरेका हुन् । यसअघि एकजना अध्यक्षले आफ्नो कार्यकालमा १० वटा क्लब गठन गरेको रेकर्ड थियो । जुलाई १ मा लायन्स क्लब बुटवल देउरालीको अध्यक्ष भएका पौडेलले अगस्ट २१ सम्म ११ वटा क्लब गठन गरेर उक्त रेकर्ड तोडेका हुन् ।

साथै अध्यक्ष पौडेलले लायन्स क्लब इन्टरनेसनल फण्ड (एलसीआईएफ) लाई एक हजार डलर (एक लाख २० हजार ररुपैयां ) चन्दा दिएर एमजेएफ पिन प्राप्त गरेका छन् ।

लायन्स बुटवल देउरालीको स्पोन्सरसीपमा गठन भएका क्लबहरुमा कमला जोशी अध्यक्ष रहेको २१ सदस्यीय लायन्स क्लब साकुरा,इश्वरी पौडेल अध्यक्ष रहेको २२ सदस्यीय लायन्स क्लब तिलोत्तमा डिभाइन भिजन,दुर्गाप्रसाद घिमिरे अध्यक्ष रहेको २१ सदस्यीय लायन्स बुटवल रेसुंगा रहेका छन् । यस्तै मधुकला कुंवर अध्यक्ष रहेको २० सदस्यीय लायन्स बुटवल पारिजात,भाष्कर पाण्डे अध्यक्ष रहेको २० सदस्यीय लायन्स देउराली पिस,माधवराज पाण्डे अध्यक्ष रहेको २६ सदस्यीय लायन्स इन्सुरेन्स प्रोफेसनल र मीना कार्की अध्यक्ष रहेको ५१ सदस्यीय लायन्स बुटवल देवीनगर रहेका छन् ।

यस्तै नवीन न्यौपाने अध्यक्ष रहेको २० सदस्यीय लायन्स बुटवल कालिका,गणेश पाण्डे अध्यक्ष रहेको २० सदस्यीय लायन्स बुटवल माताशक्ति,रेशम भण्डारी अध्यक्ष रहेको २० सदस्यीय लायन्स बुटवल मैनाबगर र इशु देवकोटा भण्डारी अध्यक्ष रहेको २० सदस्यीय लायन्स बुटवल देउराली शाइन रहेका छन् ।

लायन्स क्लब इन्टरनेसनल डिसिट्रक्ट ३२५ बी २ नेपालका डिस्ट्रिक्ट गभर्नर रामप्रसाद भट्टले ‘मेम्बरसीप ग्रोथ’ कार्यक्रममा लायन्स क्लब अफ बुटवल देउरालीका अध्यक्ष पौडेलले विश्व रेकर्ड कायम गरेको घोषणा गर्दै लायन्स पिन प्रदान गरेका छन् । पौडेललाई लायन्स इन्टरनेसनलले छिट्टै विश्व रेकर्ड कायम गरेकामा प्रमाणपत्रसहित सम्मान गर्ने गभर्नर भट्टले बताए ।

यसैबीच लायन्स क्लब अफ बुटवल देउरालीले लायन्स क्लब इन्टरनेसनल डिसिट्रक्ट ३२५ बी २ नेपालका नव निर्वाचित डिस्ट्रिक्ट गभर्नर रामप्रसाद भट्टसहित पांच जनालाई सम्मान गरेको छ । क्लबले गभर्नर भट्ट, डिस्ट्रिक्टका द्वितीय भाइस गभर्नर नवराज न्यौपाने, डिस्ट्रिक्ट सेक्रेटरी प्रभाकर पण्डित, डिस्ट्रिक्ट चिफ एड्भाइजर उमंग देवकोटा र एरिया ४ चिफ जीवन गौतमलाई दोसल्ला सहित सम्मान गरेको हो ।

लायन्स क्लब अफ बुटवल देउरालीको स्पोन्सरमा गठन भएका ११ वटा क्लबको शनिबार गभर्नर भट्टले ब्यानरमा हस्ताक्षर गरी उद्घाटन गरेका छन् । साथै सोही समारोहमा ११ वटै क्लबका सदस्यहरुले गभर्नर भट्टबाट सपथ ग्रहण गरेका छन् । सो कार्यक्रममा डिस्ट्रिक्ट एक्जुकेटिभ चिफहरु अर्जुनमान सैजू, योगेश घिमिरे, कुश मल्ली, डिस्ट्रिक्ट डेपुटी सेक्रेटरी दीपक पाण्डे, डिस्ट्रिक्ट डेपुटी चिफ गण्ोश प्रसाद भट्टराई,रिजन चेयर पर्सन माधवराज खनाल जोन चेयरपर्सन टिकाराम बन्जाडे एक्सटेन्सन चेयर पर्सन भोजराज पाण्डेको उपस्थिति थियो । कार्यक्रममा क्लबका प्रथम उपाध्यक्ष एवं कार्यक्रम संयोजक रमेश पाण्डेले स्वागत,सचिव कृष्णप्रसाद भण्डारीले सञ्चालन र द्वितीय उपाध्यक्ष दीपक पन्थीले धन्यवाद ज्ञापन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्