कल्की युथ क्लबद्वारा रोहिणीका बाढीपीडितलाई कपडा र मास्क वितरण


appharu

२२ भाद्र २०७८, मंगलवार २२:०४ मा प्रकाशित

पालिका पत्र, बुटवल ।

तिलोत्तमाको जानकिनगरको कल्की युथ क्लबले रोहिणी गाउंपालिकाका बाढी पीडित परिवारलाई कपडा र मास्क वितरण गरेको छ । रोहिणीको वडा नं. १ का करिब ५० परिवारलाई कुशे औंशीको अवसर पारेर कपडा र मास्क वितरण गरिएको क्लबले जनाएको छ ।

सो कार्यक्रममा लायन्स क्लब अफ तिलोत्तमा बुद्धज्योतिका चार्टर प्रेसिडेन्ट भक्तबहादुर खड्काले युवा कलब र सामाजिक संघ–संस्थाहरुले समस्यामा परेका आफूभन्दा कम भाग्यशाली वर्ग र समुदायलाई दुखको समयमा सहयोग गर्नु नै सच्चा सामाजिक सेवा भएको उल्लेख गर्दै क्लबले गरेको कार्यक्रमको सराहना गरे ।

क्लबका अध्यक्ष नवीन पौडेलको अध्यक्षता,मोहम्मद हुसेनको प्रमुख आतिथ्यता, शिरिश पाण्डेको स्ञ्चालन,कोषाध्यक्ष सन्जीव पौडेलको स्वागतमा भएको कार्यक्रमको संयोजक सुदन भण्डारी र सुदीप खत्री रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्