लायन्स क्लब देवीनगरद्वारा मानव सेवा आश्रममा भोजन दान


appharu

२३ भाद्र २०७८, बुधबार १२:४३ मा प्रकाशित

पालिका पत्र, बुटवल ।

लायन्स क्लब अफ बुटवल देवीनगरले बुटवलस्थित मानव सेवा आश्रममा आश्रित असहायहरुलाई भोजन दान गरेको छ । लायन्स क्लब इन्टरनेसनलको हङ्गर रिलिफ कार्यक्रम अन्तर्गत बुबाको मुख हेर्ने दिनको अवसर पारेर क्लबले आश्रममा आश्रित ६७ जनालाई एक छाक खाना खुवाएको हो ।

सो अवसरमा लायन्स इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ बी २ नेपालका पुर्व गभर्नर महेन्द्र नारायण श्रेष्ठले लायन्स क्लबहरुले निस्वार्थ भावनाले आफूभन्दा कमजोर वर्गलाई उनीहरुको आवश्यकता अनुसार सहयोग गर्नु नै सच्चा समाजसेवा र मानवीय धर्म हुने बताए । क्लबकी अध्यक्ष मिना कार्कीले आउंदा दिनमा पनि सामाजिक र मानवीय सेवाका कार्यक्रमलाई निरन्तरता दिने बताइन् ।

कार्यक्रममा मानव सेवा आश्रमका शेरबहादुर गौतमले विभिन्न क्लब र संघसंसथाको सहयोगबाट आश्रममा आश्रित व्यक्तिहरुको भरणपोषण भइरहेको बताए । क्लबकी प्रथम उपाध्यक्ष शोभा रानाको स्वागत, सचिव आरती बरालको सञ्चालन र द्वितीय उपाध्यक्ष शर्मिला कुंवरको धन्यवाद ज्ञापनमा कार्यक्रम भएको हो ।

क्लबकी अध्यक्ष मिना कुमारी कार्कीका स्वर्गीय बुबा दलबहादुर छेत्री र क्लबकी डाइरेक्टर लिला बगालेका ससुरा स्वर्गीय टिक बहादुर आलेको सम्झानामा उनीहरु कार्की र बरालले खानाको सौजन्य गरेका क्लबले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्