कांग्रेस तिलोत्तमा नगर अधिवेशनका लागि न्यौपानेको नेतृत्वमा प्यानलकै उम्मेदवारी घोषणा

युवाको नेतृत्व अहिलेको आवश्यकता


appharu

२५ भाद्र २०७८, शुक्रबार २२:३६ मा प्रकाशित

पालिका पत्र, तिलोत्तमा

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत नगर अधिवेशनका लागि तिलोत्तमामा नगर सभापतिमा नारायण न्यौपानेले उम्मेदवारी घोषणा गरेका छन् ।

शुक्रबार पत्रकार सम्मेलन गरी न्यौपानेको नेतृत्वमा उपसभापतिमा अशोक कुमार क्षेत्री (अग्नी) र मधुसुदन गैरे, सचिवमा प्रकाश गैरे र शोभा राना मगर, सहसचिवमा दिनेश कंवर थारु र केशरी उपाध्यायले पनि उम्मेदवारी घोषणा गरेका हुन् । सभापतिका उम्मेदवार न्यौपाने तिलोत्तमा ९ का वडा अध्यक्ष समेत हुन् ।

उनले साविवका सात वटै गाविसबाट एक एक जनाको प्रतिनिधित्व हुने गरी समावेशी हिसाबले प्यानल बनाएको बताए ।

सिंगो तिलोत्तमालाई कांग्रेसमय बनाउने, गुटबन्दीको अन्त्य गरी पार्टीलाई एक ढिक्का बनाई आउंदो स्थानीय चुनावमा पार्टीलाई विजयी बनाउन गतिशील युवाको नेतृत्वको खांचो रहेकाले आफूले नगर सभापतिमा उम्मेदवारी दिएको बताए ।

उनले आफू कुनै गुटको नभई नेपाली कांग्रेसको साझा उम्मेदवार रहेको बताए । उनले आफू एकपटक मात्र सभापति निर्वाचित हुने र नगरपालिकामा कांग्रेसको उपस्थिति बलियो बनाएर अर्को अधिवेशनमा नेतृत्व हस्तान्तरण गर्ने प्रतिवद्धता जनाए ।

आफ्नो नेतृत्वमा तिलोत्तमा वडा नं. ९ नगरकै उत्कृष्ट वडा घोषित भएको, आफ्नो विशेष पहलमा बीपी ग्राममा अस्पताल निर्माण शुरु गरेको र कोभिड अस्पताल पनि आफ्नै वडामा बनाएर निश्चित भएको उनले बताए ।

उम्मेदवारी घोषणा कार्यक्रममा पार्टीका पुर्व जिल्ला सभापतिहरु बाबुराम राना, रामचन्द्र ढकाल, प्रदेश सांसद अष्टभुजा पाठक, महाधिवेशन प्रतिनिधि रोमणिप्रसाद पाठक, लगायतको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्