बुटवलमा समाजवादी युवा संघको ५१ सदस्यीय नगर समिति गठन


appharu

१८ आश्विन २०७८, सोमबार १८:४६ मा प्रकाशित

पालिका पत्र ।
बुटवल । जनता समाजवादी पार्टी जसपाको भातृ संगठन समाजवादी युवा संघको बुटवलमा सोमबार भएको भेलाले सुरज हितान मगरको अध्यक्षतामा ५१ सदस्यीय कार्यसमिति गठन गरेको छ ।

जसको उपाध्यक्षमा रोनिश श्रेष्ठ, मिना गुरूङ्ग , राजु परियार, सन्देश बुढा मगर, रहेका छन् ।

सचिवमा भरत पौडेल , सह–सचिव गणेश न्यौपाने , कोषाध्यक्ष अलि हुसेन रहेका छन् । कार्यसमितिको सदस्यहमा आकाश क्षेत्री, सुरज तुलाचन, रोहीत आलेमगर, कमल खराल, आश्विन आले मगर,चेतन थापा र लक्की क्षेत्री रहेका छन् ।

भेलालाई जसपा लुम्बिनि प्रदेश सह ईन्चार्ज कमल खनाल, मुख्य सचिव यज्ञ पोख्रेल दलित, महिला नेतृ सावित्रि वि क, केन्द्रिय सदस्य पंकज राई विमल गिरि लगायतले सम्वोधन गर्दै जसपाले युवा शक्तिलाई पार्टीमा गोलबन्द गरी अन्य दलका युवा संगठन भन्दा रचनात्मक र सिर्जनात्मक बनाइने बताए ।

भेलाले एक वर्ष भित्र नया नेतृत्व चयन गर्ने गरि नेतृत्व प्रदान गरेको पार्टीका केन्द्रीय सदस्य पंकज राईले बताए ।

प्रतिक्रिया दिनुहोस्