नेकपा (एस) कपिलवस्तुद्धारा नेताहरुको कार्यविभाजन, प्रचार विभागमा बञ्जाडे


पालिका पत्र

११ कार्तिक २०७८, बिहीबार २०:३२ मा प्रकाशित

पालिका पत्र, कपिलवस्तु ।
नेकपा (एकीकृत समाजवादी) जिल्ला कमिटी कपिलवस्तुको पदाधिकारी बैठकले नेताहरुको कार्यविभाजन गरेको छ । विहीबार गोरुसिंगेमा बसेको जिल्ला पदाधिकारी बैठकले पदाधिकारीसहितको १४ सदस्यिय जिल्ला सचिवालय र महत्वपूर्ण विभाग गठन गरेको हो ।

जिल्लाको सचिवालयमा अध्यक्ष लंका बहादुर हमाल, उपाध्यक्ष गीता अन्जान, नेत्र खनाल, सचिव सर्वेन्द्रदेव खनाल, उप सचिव ओकप्रकाश कुर्मीसहित कमल भट्टराई, दीपक पन्थी, छविलाल शर्मा, सरोज पौडेल, इन्तेयाक खाँ, फैजल खाँ, चोपलाल पाण्डे र चेतना शर्मा रहनुभएको नेकपा (एस) कपिलवस्तुका प्रचार विभाग प्रमुख विकास बञ्जाडेले जानकारी दिनुभयो ।

यस्तै पार्टी संगठन विभागको संयोजकमा सर्बेन्द्रदेव खनाल, सह–संयोजक ओम प्रकाश कुर्मी र सदस्यमा कमल भट्टराईले जिम्मेवारी पाउनुभएको छ । खनाल पार्टी जिल्ला सचिव र कुर्मी जिल्ला उप सचिव हुनुहुन्छ ।

यसैगरी प्रचार विभागको संयोजकमा विकास बन्जाडे, सह–संयोजकमा चन्द्रकान्त न्यौपाने, सदस्यमा विनोद भट्टराई, दिपक अनुरागी, दिपा महत रहेका छन् ।

त्यसैगरी पार्टी स्कूल विभाग संयोजकमा लंक बहादुर हमाल, सह–संयोजक कमल भट्टराई, सदस्य चेतना शर्मा, यस्तै आर्थिक विभाग संयोजकमा नेत्रलाल खनाल, सह–संयोजक सरोज पौडेल, सदस्यमा फैजल खान, इन्तेखाँन अहमद खाँ रहेका छन् । हमाल जिल्ला अध्यक्ष र खनाल जिल्ला उपाध्यक्ष रहनुभएको छ ।

त्यसैगरी सचिवालयको पहिलो बैठकले १० बटै स्थानीय तहका वडामा आगामी मंसीर २ गतेभित्र अधिवेशन सम्पन्न गर्ने, मंसीर ७ गतेभित्र सवै नगरमा अधिवेशन सम्पन्न गरी मंसीर ११ गते चन्द्रौटामा बृहत जिल्ला भेला गर्ने निर्णय गरेको छ ।

बैठकले केन्द्रिय सदस्यमा मनोनित क्षेत्र बहादुर खत्री, मिना परियार, केन्द्रिय निर्वाचन विभाग सदस्य अहमद अव्दुल रउफ, त्यसैगरी प्रदेश सदस्यमा मनोनित अजिजुर रहमान शेख, एमडी हसन, मोहन रिजाल, विजुला खनाल, जिवलाल पौडेल लगायतलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएको छ ।

साथै सचिवालय बैठकले नजिकिएको दिपावली, छठ, नेपाल संम्वतको अवसरमा सम्पुर्ण नेपालीमा शुभकामना व्यक्त गदैं परिवर्तनको पक्षमा लाग्न आग्रह समेत गरेको छ ।

बैठक नेकपा एकिकृत समाजवादीका जिल्ला अध्यक्ष लंक बहादुर हमालको अध्यक्षता पार्टी केन्द्रिय सदस्य क्षेत्र बहादुर खत्रीको प्रमुख आतिथ्यता, उपाध्यक्ष गीता अन्जानको स्वागत, सचिव सर्बेन्द्रदेव खनालको सन्चालनमा सम्पन्न भएको प्रचार विभाग संयोजक विकास बन्जाडेले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्