झापामा सामुदायिक बनको अध्यक्षमा समाजवादीका उम्मेदवारले एमालेका उम्मेदवारलाई हराए


appharu

१ मंसिर २०७८, बुधबार १९:३५ मा प्रकाशित

झापा ।
झापा सदरमुकाम चन्द्रगढीको चन्द्रगढी सामुदायिक वनको निर्वाचनमा नेकपा एमालेका उम्मेद्वार पराजित भएका छन् भने नेपाली कांग्रेस, माओवादी र समाजवादीको चुनावी गठबन्धनका साझा उम्मेद्वार विजयी बनेका छन् ।

मंगलबार भएको निर्वाचनमा नेकपा एकीकृत समाजवादीका नेता दुर्गाप्रसाद भट्टराइ अध्यक्षमा निर्वाचित भएका छन् । एमाले र राप्रपा प्यानलका चुडामणी मैनाली पराजीत भएका छन् । भट्टराइले ९ सय ७५ मत प्राप्त गरे भने प्रतिद्वन्दी मैनालीले ८ सय ३६ मत प्राप्त गरेका थिए ।
निर्वाचनमा अधिकांस पदमा गठबन्धन प्यानल बिजयी भएको छ ।

झापामा नेकपा समाजवादी कमजोर मानिएको बेला एमाले अध्यक्ष केपी शर्मा ओलीको गृह जिल्लामा एमालेका उम्मेवार पराजित भएका छन् । समाजवादीका नेता परिणामले उत्साहित भएका छन् । अध्यक्षमा निर्वाचित भट्टराई चन्द्रगढी गाउँपालिकामा दुई पटक अध्यक्षमा निर्वाचित भएका थिए । उस अघि पनि भट्टराई वनको अध्यक्ष भइसकेका थिए ।

वन समितिको उपाध्यक्ष पदमा गोकुल ढकालले ८ सय ९६ मत प्राप्त गर्दै विजयी बनेका छन् । भट्टराई पक्षका नेपालले ७ सय ९९ मत प्राप्त गरेका थिए ।

त्यसै गरी सचिवमा पार्वती मल्ल, सहसचिवमा इश्वरी प्रसाद रिजाल, कोषाध्यक्षमा अनुज खतिवडा, आदिवासी सदश्यमा कान्टु राजवंशी, जनजाती सदस्यमा वालकुमार राई, दलित समूहमा लालवहादुर चहार र अपांग सदस्यमा ध्रुर्व सुवेदी विजयी भएका छन् ।

निर्वाचन समितिका सदश्य राजु वरालका अनुसार क्षेत्रिय संयोजकहरुमा दुइ नम्बरमा रमेस न्यौपाने, ३ नं. ताराप्रसाद चम्लागाइ, ४ नं. जागेश्वर राजवंशी, ५ नं. तोयानाथ वास्तोला, ६ नं. युवराज दाहाल र ९ नं. मा केशवप्रसाद खतिवडा विजयी भएका छन् ।

त्यसै गरी महिला सदश्यहरुमा क्रमश चित्रकला गिरी, सकुन्तला चौधरी, फिटिगं राजवंशी, लक्ष्मी आचार्य, मन्जु खतिवडा अधिकारी र कमला शिवाकोटी विजयी भएको निर्वाचन समितिले जनाएको छ । २२ सय ९० मतदाता रहेको वन समूहको निर्वाचनमा १ हजा ९ सय १८ मत खसेको थियो । कार्यसमितिको कार्यकाल ४ वर्षको रहने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्