तिलोत्तमा चेम्बरद्वारा कर सम्बन्धी अन्तरक्रिया


appharu

६ मंसिर २०७८, सोमबार २०:३४ मा प्रकाशित

पालिकापत्र, तिलोत्तमा

करदाता र आन्तरिक राजस्व कार्यालयको सम्वन्ध नङ र मासुको जस्तो हुनुपर्नेमा एक कार्यक्रममा वक्ताहरुले जोड दिएका छन् । तिलोत्तमा चेम्वर अफ कमर्सको आयोजना र आन्तरिक राजश्व कार्यालय भैरहवाको समन्वयमा मणिग्राममा भएको दशौं राष्ट्रिय कर दिवस तथा कर सप्ताह २०७८ को अवसरमा आयोजित अन्तरकृयामा बोल्दै सहभागीहरुले करका समस्या समाधान गर्नआपसी सहकार्य जरुरी रहेकोमा जोड दिए । तिलोत्तमा–५ का वडा अध्यक्ष चेतनारायण भण्डारीले उद्योगी ब्यावसायीहरुमा करको बारेमा आवश्यक ज्ञान अभावमा जरिवाना तिर्न वाध्य भएकाले करदाता शिक्षा बढाउनुपर्ने बताए ।

कार्यक्रममा तिलोत्तमा चेम्वर अफ कमर्सका पुर्व अध्यक्ष झविन्द्र प्रसाद कंडेलले ब्यावसायिहरुले अनिवार्य तिर्नुपर्ने करका बारेमा स्पष्ट हुनुपर्नेमा जोड दिए । कार्यक्रममा कर अधिकृत जगुलाल खरालले वजेटपछि आउने आर्थिक ऐनहरु अध्ययन गरेर काम गर्नुपर्ने सुझाव दिए । अर्का कर अधिकृत रामहरी मरासिनीले पहुंचमा भएका ब्यावसायि भन्दा पनि साना ब्यावसायिलाई कसरी माथि उठाउन सकिन्छ भनेर आन्तरीक राजस्व कार्यालयले अवको कार्ययोजना अगाडि सार्ने बताए ।

तिलोत्तमा चेम्बर अफ कमर्सका कार्यबाहक अध्यक्ष रामचन्द्र पाण्डेले ब्यवसायीलाई करका विषयमा जानकारी गराउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको बताए ।

प्रतिक्रिया दिनुहोस्