कपिलवस्तुका क्रियाशिल विद्यार्थी संगठनले बुझाए प्रजिअलाई ज्ञापन पत्र


appharu

५ माघ २०७८, बुधबार ०९:२२ मा प्रकाशित

पालिकापत्र, कपिलवस्तु ।
विभिन्न ५ बुदें माग राख्दै संयुक्त विद्यार्थी संगठनले कपिलवस्तुका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएका छन् ।

मंगलबार अनेरास्ववियू (क्रान्तिकारी), अनेरास्ववियू, अखिल (क्रान्तिकारी) र अखिल (छैठौ)ले ५ बुंदे माग राख्दै प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेलाई ज्ञापनपत्र बुझाएका हुन् ।

संयुक्त ज्ञापनपत्रमा कोभिड–१९ को तेस्रो लहर सुरु भएकाले यसबाट बच्न र बचाउन सरकारले तोकेको स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्न गराउन सम्बन्धित निकाय समक्ष माग गरिएको छ यसैगरी तराईमा शितलहरको कारण दैनिक जनजीवन प्रभावित बनेको र यसको मारमा विपन्न परिवार परेकाले स्थानीय सरकार समक्ष न्यानो कपडा वितरण गर्न आग्रह गरिएको अनेरास्ववियू क्रान्तिकारीका जिल्ला अध्यक्ष हरिषचन्द्र खनालले बताउनुभयो ।

जारी विज्ञप्तीमा नेपालको संविधान २०७२ धारा (३१) को उपधारा (२) बमोजिम आधारभूत तहसम्म निशुल्क, अनिवार्य र माध्यमिक तहसम्म निशुल्क शिक्षा कार्यान्वयनको माग गरिएको छ ।

छानामुनी रहेको विद्यालयमा अंग्रेजी र नेपाली माध्यमबाट पठनपाठन गर्ने, गराउने प्रवृत्ति देखा पर्न थालेको र यसले शिक्षामा देखिएका बर्गीय खाडललाई झन प्रोत्साहन गरेकाले यसको तत्काल अन्त्यको माग गर्दछौं विज्ञप्तीमा भनिएको छ ।

विद्यार्थीलाई यातायातमा ४५ प्रतिशत छुट दिने नितिगत व्यवस्था भएपनि विद्यार्थीले छुट नपाएको भन्दै यसको कार्यान्वयनमा पनि जोड दिइएको छ ।

आफुहरुको माग प्रति प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डे सकारात्मक देखिएको अनेरास्ववियू कपिलवस्तुका अध्यक्ष दिपक अनुरागीले बताउनुभयो ।

ज्ञापनपत्र बुझाउन अखिल क्रान्तीकारीका जिल्ला अध्यक्ष विज्ञान क्षेत्री, अखिल छैठौका जिल्ला अध्यक्ष संजिता बुढा लगाएत जिल्ला प्रशासन कार्यलय पुग्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्