राष्ट्रियसभामा निर्वाचित यी हुन् ७ महिला सांसद


appharu

१३ माघ २०७८, बिहीबार १४:२८ मा प्रकाशित

काठमाडौं ।
संघीय संसदको उपल्लो सदन राष्ट्रियसभामा झन्डै एक तिहाइ नयाँ सदस्य आएका छन् ।

बुधबार सातै प्रदेशमा भएको मतदानबाट १९ जना राष्ट्रिय सभा सदस्य थपिएका हुन् । जसमध्ये ७ जना महिला निर्वाचित भएका छन् ।

बाँकी अन्यबाट ७, दलितबाट ३ र अपांगता भएका व्यक्ति वा अल्पसंख्यकबाट २ जना निर्वाचित भएका छन् । निर्वाचित नयाँ सदस्यहरूको कार्यकाल ६ वर्षको हुनेछ ।

१९ मध्ये सत्तारूढ पाँच दलीय गठबन्धनले १८ सिट जितेको छ भने एक सिट नेकपा एमालेले जितेको छ ।

विजयी हुने सबै सात जना पाँच दलीय गठबन्धनका नेता छन् । जसमध्ये ४ जना नेकपा एकीकृत समाजवादीबाट निर्वाचित भएका छन् । यस्तै २ जना नेपाली कांग्रेसबाट निर्वाचित हुँदा माओवादी केन्द्रबाट १ जना महिला निर्वाचित भएकी छन् ।

को को हुन् निर्वाचित महिला

– जयन्ती देवी राई, नेकपा (एकीकृत समाजवादी)-प्रदेश १
– उर्मिला अर्याल, नेकपा माओवादी केन्द्र-मधेश प्रदेश
– गोमादेवी तिमल्सिना, नेकपा (एकीकृत समाजवादी)- बागमती प्रदेश
– कमला पन्त, नेपाली कांग्रेस-गण्डकी प्रदेश
– राजेन्द्रलक्ष्मी गैरे, नेकपा (एकीकृत समाजवादी)-लुम्बिनी प्रदेश
– दुर्गाकुमारी गुरूङ, कांग्रेस- कर्णाली प्रदेश
– मदन कुमारी शाह (गरिमा), नेकपा एकीकृत समाजवादी-सुदूरपश्चिम प्रदेश

प्रतिक्रिया दिनुहोस्