सिद्धार्थ सार्वजनिक यातायातको अध्यक्षमा रोक्का


appharu

१६ माघ २०७८, आईतवार ०९:३९ मा प्रकाशित

पालिकापत्र, सिद्धार्थनगर ।
सिद्धार्थ सार्वजनिक यातायात प्रालिको प्रथम अधिबेशनले सन्जीव रोक्काको अध्यक्षतामा ७ सदस्यीय संचालक समिति सर्वसम्मत चयन गरेको छ । साविकको सिद्धार्थ यातायात व्यवसायी समिति सरकारी नीति अनुसार प्रालिमा रुपान्तरण भएपछि पहिलो अधिवेशन भएको हो । शनिबार प्रालिको प्रधान कार्यालय सिद्धार्थनगरमा सम्पन्न साधारणसभा तथा प्रथम अधिबेशनले प्रालिको सञ्चालक समिति सदस्यहरुमा सुनिलराज बिष्ट, सियाराम यादब, जितेन्द्रराज क्षेत्री, लोकबहादुर गुरुङ, एजाज वारिस र खडक बहादुर गुरुङलाई निर्बाचित भएका छन् ।

अधिवेशनको उद्घाटन गर्दै नेपाल यातायात ब्यवसायी राष्ट्रिय महासंघ लुम्बिनी प्रदेश संयोजक डिल बहादुर ढुङ्गानाले कोरोना महामारीको कारण यातायात व्यवसायी सबैभन्दा ठूलो मारमा परेको भन्दै ब्यवसायीलाई राजयले राहत र सहुलियत प्रदान गर्नुपर्ने माग गरे । सरकारले सार्वजनिक यातायातलाई उपेक्षा गरेको र बैज्ञानिक भाडादर लागू नगरेको भन्दै ढुंगानाले भाडा समायोजन गर्नुपर्ने माग गरे । प्रालिका अध्यक्ष रोक्काले ब्यवसायीक हकहितका लागी बिस्थापित कोष स्थापना गर्ने, कुनै ब्यवसायीको मृत्यु भएको खण्डमा २ लाख सहयोग गर्ने नीति लिएको प्रतिबेदन प्रस्तुत गरे ।

यस्तै ब्यससायीलाई सहजरुपमा ऋण लगानी र वचतका लागि सिद्धार्थ सार्बजनिक बहुउद्देश्यीय सहकारी संस्था संचालन गर्ने, राष्ट्रब्यापी रुपमा स्तरीय सेवा संचालन गर्ने योजजा रहेको अध्यक्ष रोक्काले बताए । कार्यक्रममा समिति स्थापनादेखि कार्यालय प्रमुखको रुपमा कार्यरत रही ३० बर्ष सेवा अबधि पुरागरी अवकाश लिएका तुल बहादुर केसिलाई सम्मान गरेको छ । यस्तै सवारी दुर्घटनामा मृत्यु भएका सवारि धनी रामचन्द्र चौधरीकी श्रीमती कौशिला थारुलाई नगद १० लाख सहयोग गरेको छ ।

सिद्धार्थ यातायातमा २ सय ५५ जना शेयर सदस्य रहेका छन । साबिकको समिति २०४७ सालमा स्थापना भएको थियो । सरकारले समिति खारेज गरेपछि २०७४ सालमा कम्पनीमा रुपान्तरण भएको थियो । कम्पनीको कुल चुक्ता पुजी ३ करोड रहेको छ ।

कार्यक्रम वरिष्ठ उपाध्यक्ष सुनिलराज बिष्टको स्वागत र उपाध्यक्ष सियाराम यादबको संचालनमा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्