संविधानसभा सदस्य डा. दुमन थापाको निधन


appharu

१७ माघ २०७८, सोमबार ०८:३४ मा प्रकाशित

बुटवल ।
संविधान सभा सदस्य एवं नेकपा (एकीकृत समाजवादी) का नेता डा. दुमन थापाको निधन भएको छ । केही समय अघि मिर्गौला प्रत्यारोपण गरेका डा. थापाको ह्याम्स अस्पताल काठमाडौंमा आइतबार सांझ ७ बजेतिर निधन भएको हो ।

अर्घाखांची घर भएका डा. थापा एमालेका तर्फबाट संविधान सभा सदस्य निर्वाचित भएका थिए । एमाले विभाजनपछि उनी नेकपा एकीकृत समाजवादीको केन्द्रीय निर्वाचन आयोगका सदस्य थिए । उनी मेगा बैंकका सञ्चालक एवं नयां पत्रिका दैनिकका अध्यक्ष समेत थिए ।

प्रतिक्रिया दिनुहोस्