लमही खानेपानी निर्वाचनमा एमाले-राप्रपा गठबन्धन पराजित

बाम लोकतान्त्रिक प्यानल विजयी


appharu

२३ माघ २०७८, आईतवार ०९:५८ मा प्रकाशित

शिवु खनाल, देउखुरी ।
लमही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको निर्वाचनमा जंगबहादुर चौधरीले नेतृत्व गरेको संयुक्त लोकतान्त्रिक प्यानल बिजयी भएको छ । अघिल्लो निर्वाचनमा पनि नेपाली काङ्ग्रेसबाट कोषाध्यक्ष पदमा चौधरी लोकप्रिय मत ल्याएर निर्वाचित भएका थिए ।

९ जना कार्यसमितिका लागि खानेपानी संस्थाको शनिबार मतदान भएको थियो । शुरूवाति चरणमै संयुक्त लोकतान्त्रिक प्यानलका उम्मेदवारहरुले अग्रता लिएका थिए । सचिब पद बाहेक अन्य पदाधिकारी पदका लागि खास्सै प्रतिस्पर्धा देखिएन ।

सचिव पदका उम्मेदवार बसन्त आचार्य र दशरथ घिमिरे बिच कडा प्रतिस्पर्धा भएपनी अन्ततः संयुक्त लोकतान्त्रिक प्यानलका उम्मेदवार आचार्य थोरै मतान्तरले निर्वाचित भएका छन् ।

कुल ४ हजार २ सय ७७ मतदाता रहेका मध्ये २७ सय ९ मत खसेको थियो । १० मत बदर भएको निर्वाचन संयोजक कुलचन्द्र पौडेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्