नेपाल बारको चुनावमा गठबन्धन विजयी, एमाले पत्तासाप


appharu

२५ चैत्र २०७८, शुक्रबार २०:३९ मा प्रकाशित

काठमाडौं ।
नेपाल बार एसोसिएसनको अध्यक्षमा गोपालकृष्ण घिमिरे निर्वाचित हुनुभएको छ । घिमिरेले ४४ सय ३३ मत ल्याएर विजयी हुनुभएको हो ।

उहाँका निकटतम प्रतिद्वन्द्वी विष्णुमणि अधिकारीले २४ सय ८२ मत ल्याउनु भएको छ । घिमिरे बृहत् लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेशागत कानून व्यवसायी समूह (सत्ता गठबन्धन) को तर्फबाट विजयी हुनु भएको हो ।

त्यस्तै, महासचिवमा ३६ सय ८२ मत ल्याएर अन्जिता खनाल विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी केदारप्रसाद कोइरालाले २९ सय ८९ मत ल्याउनुभएको छ । अध्यक्ष घिमिरे कांग्रेस निकट हनुहुन्छ भने महासचिव खनाल माओवादी निकट हुनुहुन्छ ।

बारमा अध्यक्षसहित ११ पदाधिकारी र सदस्य गरी २५ जनाको कार्यसमितिमा घिमिरे प्यानल नै विजयी भएका छन् । एमाले निकट प्रगतिशील समूहका अधिकारी प्यानल निल भएको छ ।

यही चैत १९ गते काठमाडौँ केन्द्रसहित देशभर ३५ स्थानबाट मतदान सम्पन्न भएको भएको निर्वाचनमा नौ हजार ७०८ मतदाता रहेका थिए । तीमध्ये सात हजार ४२९ मत खसेको थियो ।

प्रतिक्रिया दिनुहोस्