लायन्स बुटवल देवीनगरको अध्यक्षमा शोभा राना निर्वाचित


appharu

३ बैशाख २०७९, शनिबार ०८:२१ मा प्रकाशित

पालिकापत्र ।
बुटवल । लायन्स क्लव अफ बुटवल देवीनगरको दोस्रो अधिवेशनबाट बर्ष सन् २०२२–२३ को लागि शोभा राना अध्यक्षमा सर्वसम्मत निर्वाचित भएकी छन् ।
यस्तै प्रथम उपाध्यक्षमा शर्मिला कुंवर,.द्वितीय उपाध्यक्षमा सबिता बिक,तृतिय उपाध्यक्षमा अर्पणा पोख्रेल,सचिबमा आरती बराल,कोषाध्यक्षमा संगीता खत्री,सह–सचिवमा भुमा खत्री र
सह–कोषाध्यक्षमा देवी राना निर्वाचित भएका छन् । यस्तै मेम्बरसिप डाईरेक्टरमा सिता गहतराज,टेलटुइस्टरमा कमला गहतराज,टेमरमा लिला बगाले,पि.आर.ओ.मा पबित्रा आत्रेय तथा डाइरेक्टरहरुमा बिजेता केसी,लक्ष्मी सुनार,कालीका कार्की,टिका बिक,गीता राना निर्वाचित भएका छन् । लायन्स क्लब अफ बुटवल देउरालीको स्पोन्सरमा गठन भएको क्लबमा ३० जना महिलाहरु सदस्य छन् । नेतृत्व चयन कार्यक्रममा लायन्स इन्टरनेसनल ३२५ पी का गभर्नर नवराज न्यौपाने, लायन्स क्लब अफ बुटवल देउरालीका अध्यक्ष ज्ञानप्रसाद पौडेल लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्