पाल्पा जुठापौवामा बस दुर्घटना हुंदा २ जनाको मृत्यु


appharu

३ बैशाख २०७९, शनिबार ०८:५२ मा प्रकाशित

पालिकापत्र ।
तानसेन । पाल्पाको रैनादेवी छहरा–६, जुठापौवामा शुक्रबार सांझ ग १ ख ४९०२ नम्बरको बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा गाडीधनी एवं रैनादेवी छहरा–६, धारापानीका ४२ वर्षका बेदबहादुर जीसी र १० वर्षका अशोक रास्कोटी रहेका छन् । दुर्घटनामा परी सोही स्थानका ७ वर्षका रोहित घर्ती, ८ वर्षका मिलन बगाले, ८ वर्षका रोमन घर्ती, ९ वर्षका खिमबहादुर घर्ती गम्भीर घाइते भएका छन् । उनीहरुको लुम्विनी मेडिकल कलेज प्रभास पाल्पामा उपचार भइरहेको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाका अनुसार बस सडकबाट चारसय मिटर तल खसेर दुर्घटना भएको हो । सांघुरो कच्ची सडकमा तीब्र गतिका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्