लायन्स क्लव बुटवल शाईनको अध्यक्षमा इश्वरा देवकोटा


appharu

३ बैशाख २०७९, शनिबार १४:३७ मा प्रकाशित

पालिकापत्र ।
बुटवल । लायन्स क्लव अफ बुटवल शाईनको दोस्रो अधिवेशनबाट बर्ष सन् २०२२–२३ को अध्यक्षमा ईश्वरा देवकोटासर्वसम्मत निर्वाचित भएकी छन् । यस्तै प्रथम उपाध्यक्षमा गौरी न्यौपाने,द्वितीय उपाध्यक्षमा राधिका ज्ञवाली,तृतिय उपाध्यक्षमा शारदा ज्ञवाली,सचिबमा लक्ष्मी भट्टराई, कोषाध्यक्षमा सिर्जना गिरी,सह–सचिवमा रेनु तिवारी,सह–कोषाध्यक्षमा ईन्दिरा गौतम निर्वाचित भएका छन् । यस्तै मेम्बरसिप डाइरेक्टरमा जस्मीन कसौधन,टेलटुइस्टरमा देबी भुसाल, टेमरमा संगिता गैरे, पिआरओमा बिन्दु खनाल तथा डाइरेक्टरहरुमा सरिता रिजाल,संगीता पोख्रेल,लक्ष्मी अर्याल,कमला पन्थी,ज्योति पोख्रेल,अस्मिता काफ्ले,कला शर्मा,सिर्जना आचार्य,निर्मला ढकाल र भगवती खनाल चयन भएका छन् । लायन्स क्लब अफ बुटवल देउरालीको स्पोन्सरमा गठन भएको क्लबको नयां नेतृत्व् चयन कार्यक्रममा स्पोन्सर क्लबका अध्यक्ष ज्ञानप्रसाद पौडेलको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्