तिलोत्तमामा शंकास्पद मृत्यु भएकी अमृताको म्यासेजः ‘म मर्न चाहन्न,मलाई घरबाट निकाल्नुस् प्लीज’


appharu

३ बैशाख २०७९, शनिबार १८:२८ मा प्रकाशित

पालिकापत्र ।

बुटवल । तिलोत्तमा–२ जानकीनगर भेटनरीलाइनमा चैत ३० गते राति शंकास्पद मृत्यु भएकी अमृता खत्री टण्डनले दाजु पुष्पकको मोबाइलमा राति साढे ९ बजे म्यासेज पठाएकी थिइन्– ‘दाइ म मर्न चाहन्न, मलाई यहां (घर) बाट निकाल्नुस् ।’
तर त्यस्तो म्यासेज लेखेको आधा घण्टामै उनको मृत्यु भएको खबर आयो । त्यो पनि विष गरेको भनेर । त्यो सांझ अमृता राति साढे ८ बजेसम्म माइती घर थिइन् । तर घरबाट श्रीमान्ले तीन पटक सम्म फोन गरेर बोलाए । मृतककी आमा सावित्राका अनुसार घर नआएमा छोरालाई जे पनि हुन सक्छ भनेर प्रेमले धम्की दिएका थिए । माइतबाट घर गएको करिव ४० मिनेट पछि राती ९ः १४ मा अमृताले ‘माइतीले भन्छन घर जा, घरकाले भन्छन् तेरो माइत जा, चेलीको जिन्दगी पनि कस्तो ? घर न घाटको अब त्यो चेली कहां जाने ? माईतीलाई ईज्जत प्यारो भयो बिहे गरेर गएकी चेलीलाई घरकाले टिक्न नदिने चेलीको फेर्ने सास गयो ।
बहिनीको यस्तो म्यासेज आएपछि दाजुले सोधे ‘के भयो बहिनी, खाना खाइस् ?’
अमृताले दाजुलाई म्यासेज लेखिन् ‘दाई म मर्न चाहन्न, म यहाँ बस्न नि सक्दिन, प्लिज दाइ हजुरको बोझ नि हुन चाहन्न, प्लिज दाई मलाई यहाँबाट निकाल्न हेल्प गर्नु म निस्किन्छु ।’
बहिनीको यस्ता म्यासेज देखेपछि दाजु पुष्पकले ‘त जस्तो मान्छे मर्ने कुरा गर्ने हो ? भोलि भान्जासँग आइज कुरा गरम्ला’ भन्दै अमृतालाई म्यासेज पठाएपनि अमृताले त्यसको जवाफ फर्काइनन् ।
पुष्पकले बहिनीलाई तत्काल फोन गरे तर बहिनीको फोन स्वीच अफ थियो ।
त्यसपछि अमृताले विष सेवन गरेको भन्दै श्रीमान् प्रेम टण्डले लुम्बिनी प्रादेशिक अस्पताल पु¥याए । ईलाका प्रहरी कार्यालय बुटवलका अनुसार अमृतालाई राति ९ बजेर ४५ मिनेटमा अस्पताल पु¥याइएको थियो । अस्पतालले ९ बजेर ५० मिनेटमा अमृताको पहिल्यै मृत्यु भइसकेको जानकारी गराएको थियो ।
माइती पक्षले अमृताले विष सेवन गर्ने कुनै आधार नभएको भन्दै योजनावद्ध हत्या गर्न विष सेवन गराएको परिवारका सदस्यमाथि आरोप लगाएका छन् । ‘छोेरीले मर्ने कुरा कहिल्यै गरिन, बरु छुट्टिएर एक्लै बस्छु भन्थी’–आमा सावित्राले भनिन्–‘यो आत्महत्या हुंदै होइन,हत्या हो ।’
‘डीएसपीको भूमिका शंकास्पद’
मृतकका माइती पक्षले प्रहरीले शुरुदेखि नै अनुसन्धान फितलो बनाउन खोजेको भन्दै इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी ठगबहादुर केसीको भूमिकाप्रति आशंका व्यक्त गरेका छन् । ‘अनुसन्धान र डीएसपीको भूमिकाप्रति हामीलाई चित्त बुझेको छैन,शंका लागेको छ’–मृतकका दाजु पुष्पकले भने–‘घटनाको सीआईबी टोलीबाट उच्चस्तरीय छानवीन हुनुपर्छ ।’
निष्पक्ष छानवीनको दवाव दिन स्थानीय र माइती पक्ष आन्दोलित छन् ।
माइत रहेकी अमृतालाई पटकपटक फोन गरेर बोलाउनु, विष सेवन गरेको भने पनि शुरुमा माइती र छिमेकीलाई खबर नगरी सिधै अस्पताल पु¥याउनु र मृत्यु भएपछि मात्र माइतीलाई जानकारी दिनुले योजनावद्ध हत्या भएको माइती पक्षको दावी छ । ९ वर्षअघि प्रेम विवाह गरेकी अमृतालाई श्रीमानसंगै सासु र ससुरा समेतले शुरु देखि नै हेला गर्ने र यातना दिने गरेको मृतकका दाजु पुष्पक बताउंछन् । विवाह भएको एक बर्ष पछि उनीहरुको एक छोरा जन्मेका थिए ।
‘साना तिना कुरामा पनि गालीगलौज गर्ने र लाञ्छना लगाउने काम भइरहेको थियो’–पुष्पकले भने–‘गत भदौमा पनि वडा कार्यालयमा निवेदन दिएर मिलेर बस्ने सहमति भएको थियो ।’
मृत्यु हुनु अघिल्लो दिन पनि श्रीमान् प्रेमले अमृतालाई हातपात गरेका र भारत जान दबाव दिएका तर षड्यन्त्र गरेर मार्नसक्ने भन्दै अमृताले अस्वीकार गरेकी थिइन् । बहिनी माथि हातपात भएको थाहा पाएपछि पुष्पक श्रीमती मधुलाई लिएर बहिनीको घरमा गएका थिए तर अमृताकी सासु दिपा टण्डनले घरको मामिलामा किन हस्तक्षेप गर्न आएको भनेर दाजुभाउजुलाई घरमा छिर्न दिएकी थिइनन् ।
प्रेम टण्डन र उनको परिवारले केही महिना अघि देखि पुष्पकसहित अमृताका माइती सबैको फोन ब्लक गर्नुले पनि हत्यामा परिवारको संलग्नतालाई बल पु¥याएको माइती पक्षको तर्क छ ।
अमृताले केहि महिनादेखि तिलोत्तमा नयाँमिलस्थित फर्निचर उद्योगमा लेखापाल काम गर्दै आएकी थिइन् ।
अमृताको शव लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा राखिएको भएपनि अहिलेसम्म पोष्टमार्टमा हुन सकेको छैन । पोष्टमार्टमका लागि शबलाई काठमाडौं लैजान माइती पक्षको माग छ ।
उनको मृत्यु किटनाशक विषादी डिडि फैक्सको प्रयोगबाट भएको चिकित्सकलाई उद्धृत गर्दै ईलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ । भारतमा मात्र पाइने र नेपालमा खुल्लारुपमा बिक्रि गर्न नपाइने यो बिषादी अमृतासम्म कसरी आइपुग्यो भन्नेमा खत्री परिवारले प्रश्न उठाएको छ ।
राति घर फर्किएकी अमृता आफैले विष लिएर सेवन गर्ने अवस्था नभएकोले घरपरिवारले नै सुनियोजित रुपमा विष सेवन गराएर हत्या गरेको भन्दै कारवाहीको माग गरेका छन् ।
अमृताको माइतीको किटानी जाहेरी पछि प्रहरीले अमृताका श्रीमान प्रेमलाई बुधबार राति र सासु ससुरालाई विहीबार नै नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता नवरत्न पौडेलले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्