स्याङजाको डांडाखर्कमा जीप दुर्घटना हुंदा ५ जनाको मृत्यु


appharu

४ बैशाख २०७९, आईतवार १२:०८ मा प्रकाशित

पालिकापत्र
वालिङ । स्याङ्जाको वालिङ नगरपालिका १२ डाँडाखर्कमा जीप दुर्घटना हुँदा एक बालकसहित पाँच जनाको मृत्यु भएको छ । आइतबार बिहान साढे १० बजे जीपमा सवार १३ मध्ये पाँच जनाको मृत्यु भएको हो ।

डाँडाखर्कबाट वालिङ बजारतर्फ आउँदै गरेको ग १ ज ७३९९ नम्बरको जीप वालिङ नगरपालिका- १२ माथिल्लो डाँडाखर्क नजिक दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका चालकसहित ६ जनालाई उपचारका लागि पोखराको गण्डकी मेडिकल कलेजमा पठाइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए ।

मृतक पाँच जनाको शव वालिङ प्राथमिकक स्वास्थ्य केन्द्रमा राखिएको छ ।

दुर्घटनाको थप विवरण आउन बांकी छ ।

प्रतिक्रिया दिनुहोस्