एकीकृत समाजवादी घोषणापत्र : निःशुल्क स्वास्थ्य उपचारदेखि श्रमिक विभाग गठनसम्म


appharu

६ बैशाख २०७९, मंगलवार २१:०१ मा प्रकाशित

काठमाडौं ।
सत्तारूढ नेकपा (एकीकृत समाजवादी) पार्टीले निःशुल्क स्वास्थ्य उपचार, निःशुल्क खानेपानीलगायत व्यवस्था गर्ने घोषणा गरेको छ । मंगलबार सार्वजनिक गरिएको घोषणापत्रमा जटिलखालका शल्यक्रियाबाहेकका उपचार निःशुल्क उपलब्ध गराइने उल्लेख छ ।

“जटिल खालका शल्यक्रियाहरू ९जस्तै– मुटु, मृगौला, कलेजो, फोक्सो र टाउकोको भित्री शल्यक्रिया०बाहेकका उपचारहरू स्थानीय अस्पतालबाट निःशुल्करूपमा उपलब्ध गराइने छ,” घोषणापत्रमा भनिएको छ ।

त्यसैगरी, मोबाइल नर्सिङ, टेलिमेडिसिन, टोलटोलमा सामुदायिक स्वास्थ्य उपलब्ध गरिने पनि घोषणापत्रमा उल्लेख छ ।

मासिक पाँचहजार लिटर खानेपानी निःशुल्क
एकीकृत समाजवादीले खानेपानीको सुविधा पुगेका पालिकाका हरेक घरपरिवारलाई मासिक पाँचहजार लिटर पानी निःशुल्क रूपमा उपलब्ध गराउने प्रतिबद्धता पनि व्यक्त गरेको छ ।


“हावापछि पानी नै जीवन हो भन्ने तथ्यलाई मनन गरी स्वच्छ खानेपानीको सुविधा पुगेका पालिकाका हरेक घरपरिवारलाई मासिक पाँचहजार लिटर पानी निःशुल्क रूपमा उपलब्ध गराइने छ । खानेपानी नपुगेका स्थानमा खानेपानीको सुविधा अनिवार्य रूपमा पुयाइने छ,” घोषणापत्रमा भनिएको छ ।

त्यस्तै श्रमिक वर्गको हकहितका लागि हरेक पालिकामा श्रम विभाग गठन गरिने घोषणापत्रमा उल्लेख छ ।

“श्रमिक वर्गको हकहितलाई उच्च प्राथमिकता दिनका लागि हरेक पालिकामा ’श्रम विभाग’ गठन गरिने छ । यस विभागले पालिकाको भूगोलभित्रका विभिन्न क्षेत्रसँग सम्बन्धित श्रमिकहरूको पेसागत र वर्गीय हक–हित सुरक्षाका लागि विविधि योजना बनाई काम गर्ने छ,” घोषणा पत्रमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्