११ उपमहानगरको भागबण्डा मिल्यो कांग्रेसलाई ७, माओवादी केन्द्रलाई २, नेकपा एस र जसपालाई एक–एक


appharu

७ बैशाख २०७९, बुधबार १६:४१ मा प्रकाशित

पालिकापत्र ।
काठमाडौं । सत्तारुढ गठबन्धनबीच ११ वटा उपमहानगरपालिकाको भागबण्डामा सहमति जुटेको छ ।
बुधबार बसेको सत्तारुढ गदलको शीर्ष नेताको बैठकमा सहमति जुट्न नसकेको नेपालगन्ज उपमहानगरको नेतृत्वमा सहमति जुटेपछि भागबण्डा टुंगो लागेको हो । सहमति अनुसार कांग्रेसले धरान, इटहरी, कलैया, बुटवल, तुलसीपुर, नेपालगञ्ज र धनगढी गरी ७ वटा उपमहानगरपालिकाको नेतृत्व पाउनेछ । नेकपा माओवादी केन्द्रले जीतपुर सिमरा र घोराही गरी दुई उपमहानगरपालिकाको नेतृत्व पाउनेछ । एकीकृत समाजवादीले हेटौंडा र जनता समाजवादी पार्टीले जनकपुर उपमहानगरपालिकाको नेतृत्व पाउनेछ । यसअघि गठबन्धनले ६ महानगरपालिकाको भागबण्डा पनि सहमतिमा टुंगो लगएको थियो ।

प्रतिक्रिया दिनुहोस्