समाजवादी भर्चुअल फोर्स गठन, तुल्सी आचार्य संयोजक


appharu

८ बैशाख २०७९, बिहीबार १७:४१ मा प्रकाशित

पालिकापत्र

बुटवल । नेकपा एकिकृत समाजवादी रुपन्देहीले पार्टी गतिविधिलाई प्रचार प्रसार गर्न ‘समाजवादी भर्चुअल फोर्स’ गठन गरेको छ । डिजिटल प्रविधीको उच्चतम प्रयोग गर्दै पार्टीका सहि सूचना आम जनमानसमा पु¥याउन जिल्ला सदस्य तथा बिज्ञान तथा प्रविधी बिभाग प्रमुख तुल्सी प्रसाद आचार्यको संयोजकमा समाजवादी भर्चुअल फÞोर्स गठन गरिएको हो ।

नेकपा एकिकृत समाजवादी रुपन्देहीको विहिबार बुटवलमा बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो । फोर्सले निर्वाचनका बेला पार्टीका घोषणापत्र, मतदाता शिक्षा, उम्मेद्वारहरुको परिचय, पार्टी विरुद्ध हुने गलत र भ्रामक सूचनालाई सत्य र तथ्य सूचना मार्फत चिर्नका लागि भर्चुअल फोर्स परिचालित हुने संयोजक आचार्यले बताए । आचार्यको संयोजकत्वमा ५१ सदस्यीय फोर्सले पार्टीको नीती र विधीलाई सोसल मिडिया मार्फत फैलाउने उदेश्य राखेको छ । फोर्सको सहसंयोजकमा संजिव भण्डारी रहेका छन । निर्वाचन आचार संहिताको पालना गर्दै फोर्सले सामाजिक सञ्जालमा सक्रिय हुने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्