नेकपा (एस) रुपन्देहीद्धारा निर्वाचन केन्द्रीत विभिन्न समिति गठन, १ हजार १ सय ११ सदस्यीय निर्वाचन परिचालन समिति


appharu

८ बैशाख २०७९, बिहीबार २१:३६ मा प्रकाशित

पालिकापत्र ।
बुटवल ८ । नेकपा एकिकृत समाजवादी रुपन्देहीले आवश्यक परे एक्लै पनि स्थानीय तहको निर्वाचन जित्ने गरि प्रचार प्रसारमा खटिने निर्णय गरेको छ । विहिबार बुटवलमा बसेको जिल्ला कमिटिको विस्तारित बैठकले गठबन्धनमा इमान्दार हुने र कुनै समस्या आए एक्लै चुनाव लड्ने तागत सहित चुनावमा खटिने निर्णय गरेको हो । जिल्ला अध्यक्ष राजु गुरुङको अध्यक्षतामा बसेको बैठकले बैशाख ३० गतेको स्थानीय तह निर्वाचनलाई लक्षित गरि विभिन्न समितिहरु गठन गरेको छ । बैठकले पार्टीका केन्द्रीय सल्लाहाकार परिषद सदस्य देवी पाण्डेको संयोजकत्वमा अर्का सल्लाहकार रामचन्द्र भट्टराई, संविधानसभा सदस्य आदित्यनारायण कसौधन, डा. रामचन्द्र आचार्य, बुँद राना, केन्द्रीय सदस्य डा. बालकृष्ण चापागाई, अर्का केन्द्रीय सदस्य उमा काफ्ने, भगवती घिमिरे, चित्रबहादुर थापा र प्रदेश कमिटिका सदस्यहरु रहेको निर्वाचन निर्देशक कमिटि गठन गरेको छ । त्यस्तै जिल्ला अध्यक्ष राजु गुरुङको संयोजकत्वमा १ हजार १ सय ११ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरेको पार्टी सचिव अविराम विश्वकर्माले जानकारी दिए । त्यस्तै बैठकले पार्टीका केन्द्रीय सदस्य एंव रुपन्देही इन्चार्ज डा. बालकृष्ण चापागाईको संयोजकत्वमा निवाचन अनुगमन कार्यदल गठन गर्ने निर्णय गरेको छ । त्यसैगरि अध्यक्ष राजु गुरुङ, सिद्धिचरण भट्टराई, अविराम विक, सरतिा श्रीस र भोजबहादुर खड्का रहेको उम्मेद्वार छनौट तथा सिफारिश समिति गठन गर्ने निर्णय गरेको छ । त्यसैगरि बैठकले उपाध्यक्ष सिद्धिचरण भट्टराईको संयोजकत्वमा आर्थिक संकलन तथा व्यवस्थापन समिति गठन गरेको छ । यस्तै बैठकले पार्टीका उपसचिव एंव प्रचार विभाग प्रमुख सरिता श्रीसको संयोजकत्वमा प्रचार प्रसार समिति गठन गरेको छ । समितिमा जिल्ला कमिटि, पालिका कमिटि, वडा कमिटि, विभिन्न जनवर्गिय कमिटिका पदाधिकारी र सदस्य सबै सदस्य रहने उपसचिव एंव प्रचार विभाग प्रमुख श्रीसले बताईन । पार्टी गतिविधिलाई प्रचार प्रसार गर्न ‘समाजवादी भर्चुअल’ फोर्स गठन गरेको छ । डिजिटल प्रविधीको उच्चतम प्रयोग गर्दै पार्टीका सहि सूचना आम जनमानसमा पु¥याउन जिल्ला सदस्य तथा बिज्ञान तथा प्रविधी बिभाग प्रमुख तुल्सी प्रसाद आचार्यको संयोजकमा समाजवादी भर्चुअल फाेर्स गठन गरिएको हो ।आचार्यको संयोजकत्वमा ५१ सदस्यीय फोर्सले पार्टीको नीती र विधीलाई सोसल मिडिया मार्फत फैलाउने उदेश्य राखेको छ । चार जना मनोनयन विस्तारित बैठकले चार जनालाई जिल्ला कमिटि सदस्यमा मनोनयन गरेको छ । मायादेवीका कपिलमुनी यादव, बुटवल १५ का मिठू कार्की, सियारीका गंगाधर बस्याल र कोटहीमाई गाउँपालिकाका एकबाल भाटलाई जिल्ला कमिटि सदस्यमा मनोनयन गर्ने निर्णय गरेको उपाध्यक्ष सिद्धिचरण भट्टराईले बताए । बैठकलाई पार्टीका केन्द्रीय सल्लाहाकार परिषद सदस्य देवी पाण्डे, आदित्यनाराण कसौधन, रामचन्द्र भट्टराई, पार्टीका केन्द्रीय सदस्य डा. बालकृष्ण चापागाई, उमा काफ्ले, भगवती घिमिरेको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्