झापामा कांग्रेस र एमालेबीच गठबन्धन भए पछि…


appharu

१० बैशाख २०७९, शनिबार १३:२२ मा प्रकाशित

झापा ।
झापाको कचनकवल गाउँपालिकामा नेपाली कांग्रेस र नेकपा एमालेबीच चुनावी गठबन्धन गर्ने सहमति भएको छ।

गाउँपालिकाको अध्यक्षमा कांग्रेस र उपाध्यक्ष एमाले लड्नेगरी गठबन्धन गरिएको हो।

अध्यक्षमा कांग्रेसका कालेन्द्र राजवंशी र उपाध्यक्षमा एमालेका नवराज भट्टराई उम्मेदवार बन्ने छन्।
२०७४ को निर्वाचनमा मेयर र उपमेयर नै राष्ट्रिय प्रजातान्त्र पार्टीले जितेको थियो।

प्रतिक्रिया दिनुहोस्