रुपन्देहीका १६ पालिकामा यी हुन् एमाले उम्मेदवारहरु, ९ जना पुरानै अनुहार


appharu

११ बैशाख २०७९, आईतवार १५:२३ मा प्रकाशित


पालिकापत्र
बुटवल । नेकपा एमालेले रुपन्देहीका सबै स्थानीय तहको प्रमुख र उपप्रमुखको उम्मेदवार टुंगो लगाएको छ ।

बुटवल उपमहानगरपालिकाको मेयरमा बाबुराम भट्टराई र उपमेयरमा सावित्रा अर्याल उम्मेदवार बन्ने भएका छन् । त्यस्तै तिलोत्तमा नगरपालिकाको मेयरमा मोहन चापागाईं र उपमेयरमा जगेश्वरी देवी चौधरी उम्मेदवार चयन भएका छन् ।
सैनामैना नगरपालिकाको मेयरमा हालका मेयर चित्रबहादुर कार्की र उपमेयरमा बिना रानालाई नै दोहो¥याउने निर्णय भएको एमाले रुपन्देही अध्यक्ष तेजेन्द्र केसीले बताए ।

त्यसैगरी देवदह नगरपालिका मेयरमा ध्रुव खरेल र उपमेयरमा विद्यालक्ष्मी गुरुङलाई उठाउने एमालेको निर्णय छ । खरेल एमाले प्रदेश कमिटी सदस्य हुन भने गुरुङ जिल्ला कमिटी सदस्य तथा नगरपालिका उपप्रमुख हुन् । देवदहमा यसअघि नगर प्रमुख नेपाली कांग्रेसले जितेको थियो ।

सिद्धार्थनगर नगरपालिका मेयरमा डा रामप्रसाद बस्याल र उपमेयरमा उमा अधिकारी उम्मेदवार चयन भएका छन् । लुम्बिनी सांस्कृतिक नगरपालिकामा मेयरमा रमावती यादव र उपमेयरमा कल्पना हरिजनलाई उम्मेदवार बनाउने एमालेले निर्णय गरेको छ । रमावती केही दिन अघिमात्रै नेपाली कांग्रेस त्यागेर एमाले प्रवेश गरेकी हुन् ।

१० गाउँपालिकामा को को

एमालेले जिल्लाका १० गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष पदको उम्मेदवारको टुंगो लगाएको छ । जस अनुसार ओमसतिया गाउँपालिका अध्यक्षमा मञ्जितकुमार यादव र उपाध्यक्षमा निर्मलाकुमारी निषाद उम्मेदवार बन्ने भएका छन् ।

रोहिणी गाउँपालिका अध्यक्षमा सनोजकुमार यादव र उपाध्यक्षमा बसन्ती पाण्डे उम्मेदवार बन्ने भएका छन् । मन्जित र सनोज दुई महिनाअघि जनता समाजवादी छाडेर एमाले प्रवेश गरेका हुन् । सनोज यसअघि पनि अध्यक्ष निर्वाचित थिए ।

यस्तै मायादेवी गाउँपालिका अध्यक्षमा लाला लोध र उपाध्यक्षमा सन्नु चाई, मर्चवारीमाई गाउँपालिका अध्यक्षमा कमलेश यादव र उपाध्यक्षमा बिन्द्रावती गौड, सम्मरीमाई गाउँपालिका अध्यक्षमा मुस्लिम खान र उपाध्यक्षमा पिंकला लोध उम्मेदवार बन्ने भएका छन् ।

यस्तै कोटहीमाई गाउँपालिका अध्यक्षमा श्यामसुन्दर यादव र उपाध्यक्षमा मायाँ साहनी,गैडहवा गाउँपालिका अध्यक्षमा सुरेन्द्र पौडेल र उपाध्यक्षमा माधुरी जैसवाल, कन्चन गाउंपालिका अध्यक्षमा दिनानाथ आचार्य र उपाध्यक्षमा ओमकला राहाडीमगर, शुद्धोधन गाउँपालिका अध्यक्षमा किशुनचन्द्र चौधरी र उपाध्यक्ष शान्तादेवी ज्ञवाली, सियारी गाउँपालिका अध्यक्षमा अयोध्या थारु र उपाध्यक्षमा अमृता गुरुङ उम्मेदवार बन्ने भएका छन् । चौधरी, ज्ञवाली, थारु र गुरुङ यसअघि पनि सोही पदमा निर्वाचित भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्