रुपन्देहीका ६ नगर प्रमुखमा यी हुन् कांग्रेस उम्मेदवार


appharu

१२ बैशाख २०७९, सोमबार ०९:०६ मा प्रकाशित

पालिकापत्र
बुटवल । नेपाली कांग्रेसले रुपन्देहीको एक उपमहानगरपालिका र ५ नगरपालिकाको मेयरको उम्मेदवारको टुंगो लगाएको छ । आइतबार रातिसम्म बसेको प्रदेश समितिको वैठकले उम्मेदवारको टुंगो लगाएको हो । जस अनुसार बुटवल उपमहानगरपालिकाको मेयर उम्मेदवार खेलराज पाण्डे हुने भएका छन् । उनी नगर सभापति हुन् । यस्तै तिलोत्तमा नगरपालिकाको मेयर उम्मेदवार जिल्ला पार्टी सभापति रामकृष्ण खांण हुने भएका छन् । सैनामैना नगरपालिकाको मेयरमा फण्न्द्रि शर्मा उम्मेदवार हुने भएका छन् । पाण्डे, खांण र शमौ तीनै जना अघिल्लो निर्वाचनमा पनि उम्मेदवार थिए । तीनै जना एमालेका उम्मेदवारसंग पराजित भएका थिए । यस्तै देवदह नगरपालिकामा हालका मेयर हिरा केसी उम्मेदवार बन्ने भएका छन् । सिद्धार्थनगर नगरपालिकाको मेयरमा इस्तियाक अहमद खान र लुम्बिनी सांस्कृतिक नगरपालिकाको मेयरमा सिरजुद्दिन मुसलमान उम्मेदवार बन्ने भएका छन् । टिकट पाउने मध्ये पाण्डे पार्टीभित्र संस्थापन इतरका हुन् भने लुम्बिनी सांस्कृतिक नगरपालिकाका मुसलमान नेता भरत शाह निकट र बांकी ४ जना गृहमन्त्री बालकृष्ण खांण निकटका हुन् ।

प्रतिक्रिया दिनुहोस्