कांग्रेसले टुंगायो रुपन्देहीका १० गाउंपालिका अध्यक्ष उम्मेदवार


appharu

१२ बैशाख २०७९, सोमबार ११:४० मा प्रकाशित

पालिकापत्र
बुटवल । रुपन्देहीका १० गाउंपालिकामा नेपाली कांग्रेसले अध्यक्ष उम्मेदवारको टुंगो लगाएको छ । जसअनुसार सियारी गाउंपालिकामा थानेश्वर घिमिरे,
मायादेवीमा धुव्रनारायाण चौधरी,शुद्धोधनमा विष्णुप्रसाद बस्याल र गैडहवामा वसिउल्लह मुसलमान उम्मेदवार बन्ने भएका छन् । यस्तै कञ्चनमा नवराज ढकाल,रोहिणीमा वैजनाथ साहनी, सम्मरीमाईमा विनोद श्रीवास्तव,मर्चवारीमा ज्ञानप्रकास मिश्रा र कोटहीमाई बलराम यादव उम्मेदवार बन्ने कांग्रेस रुपन्देही सचिव हरि काफ्लेले जानकारी दिए । जिल्लाको एक उपमहानगर पालिका र ५ नगरपालिकाको प्रमुखको उम्मेदवार यसअघि नै टुंगो लागिसकेको छ । जिल्लाका १० गाउंपालिका मध्ये अघिल्लो चुनावमा कांग्रेसले मायादेवीमा मात्रै जितेको थियो ।

प्रतिक्रिया दिनुहोस्