रुपन्देहीमा ५ दलीय गठबन्धन भताभुंग, एकीकृत समाजवादी र जसपा एक्लै चुनाव लड्ने


appharu

१२ बैशाख २०७९, सोमबार १२:०२ मा प्रकाशित

पालिकापत्र
बुटवल । रुपन्देहीका १६ पालिका मध्ये बुटवल उपमहानगरपालिका वाहेकका १३ पालिकामा नेकपा एकीकृत समाजवादी एक्लै चुनाव लड्ने भएको छ । बुटवल उपमहानगरको बारेमा पार्टी केन्द्रले गठबन्धन दलहरुसंग भागबण्डामा सहमति गरेकाले त्यहां गठबन्धन हुने तर अन्य १३ वटा पालिकामा एक्लै चुनाव लड्ने पार्टीका जिल्ला अध्यक्ष राजु गुरुङले बताए । गठबन्धनको ठूलो दल नेपाली कांग्रेस र दोस्रो ठूलो दल माओवादी केन्द्रको रवैया गठबन्धनप्रति इमान्दार नभई एकलौटी गरेकाले छुट्टै चुनाव लड्ने निश्कर्षमा पुगेको गुरुङले बताए । ‘बुटवलमा गठबन्धनलाई इमान्दारितापुर्वक अघि बढाउंछौं तर अरु १३ पालिकामा एक्लै लड्छौं’–गुरुङले भने–‘जुन पार्टीले सडकमा रहेको दललाई सरकार र शक्तिमा पु¥यायो त्यसलाई बिर्सेर जिल्ला तहमा हामीलाई बाइपास गर्ने काम भयो ।’ रुपन्देहीमा जनता समाजवादी पार्टीले पनि ५ दलीय गठबन्धनबाट अगल भई एक्लै चुनाव लड्ने निर्णय गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्