एमालेका वडा अध्यक्ष जनमत पार्टी प्रवेश


appharu

१२ बैशाख २०७९, सोमबार १३:०२ मा प्रकाशित

पालिकापत्र ।
सिद्धार्थनगर । नेपाल कम्युनिष्ट पार्टी एमाले सिद्धार्थनगर नगरपालिका वडा नम्बर ४ कमिटीका अध्यक्ष राजेश कुमार गुप्ता जनमत पार्टीमा प्रवेश गरेका छन् ।

स्थानीय तहको निर्वाचनका लागि वडाअध्यक्ष उम्मेदवारका आंकाक्षी समेत रहेका गुप्ता आइतबार जनमत पार्टीमा प्रवेश गरेका हुन् ।

उनलाई जनमत पार्टीका केन्द्रीय सचिव भोपेन्द्र प्रसाद यादव, केन्द्रीय सदस्य रामकेश गुप्ता लगायतले पार्टीमा स्वागत गरे । पार्टी प्रवेशसँगै जनमत पार्टीले उनलाई सिद्धार्थनगर–४ को वडाअध्यक्ष उम्मेदवार बनाउने भएको छ

प्रतिक्रिया दिनुहोस्