पाल्पामा सत्ता गठबन्धनका ४ दलबीच वडा तहसम्मै तालमेल


appharu

१३ बैशाख २०७९, मंगलवार १३:१३ मा प्रकाशित

पालिकापत्र
तानसेन । वैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनका लागि पाल्पामा सत्ता गठबन्धन दलले सोमबार उम्मेदवारी मनोनय गराएका छन् । जिल्लाको १० स्थानीय तहमध्ये ६ काँग्रेस, २ माओवादी केन्द्र र २ पालिका नेकपा एकीकृत समाजवादीले भागबण्डा गरेका थिए ।
तानसेन नगरपालिका
पाल्पाको तानसेन नगरपालिकामा गठबन्धनका उम्मेदवारले मनोनयन दर्ता गरेका छन् । नेपाली काङ्ग्रेस पाल्पाको पाटी कार्यालयबाट र्याली शुरू गरि तानसेन नगरपालिकाको मेयर पदका लागि गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका सन्तोषलाल श्रेष्ठ र उपमेयरमा नेकपा माओबादी केन्द्रकि प्रतिक्षा सिङ्जालीले मनोनयन दर्ता गर्नु भएको छ ।
वडा अध्यक्षहरूमा वडा न १ मा सुनिल कुमार बस्याल, वडा न २ मा महेश्वर श्रेष्ठ, वडा न ३ मा बाबुरत्न शाक्य, वडा न ४ मा हेमन्त राज शाक्य, वडा न ५ मा राम बहादुर रावल, वडा न ६ मा सागर मान महर्जन, वडा न ७ मा प्रदिप खनाल, वडा न ८ मा मोहन कार्की, वडा न ९ मा मीन प्रसाद बन्जाडे, वडा न १० मा सुरेश बोहोरा, वडा न ११ मा यादब सिं कार्की, वडा न १२ मा मेजर सिं केसी, वडा न १३ मा टुक प्रसाद भट्टराई र वडा न १४ मा दधिराम न्यौपानेले मनोनयन दर्ता गर्नु भएको तानसेन नगरकमिटिका सभापति सुवर्ण मुनि शाक्यले बताए ।

रामपुर नगरपालिकाः रामपुर नगरपालिकामा नेपाली कांग्रेसले उत्साहका साथ मनोनयन दर्ता गरेको छ । कांग्रेसले पञ्चे बाजा र ¥याली सहित उम्मेदवारी दर्ता गराएको हो । मनोनयन दर्ताको लागि नेता, कार्यकर्ता तथा शुभेच्छुक हजारौंको सहभागीता रहेको थियो ।
कांग्रेसको तर्फ बाट नगर प्रमुख रमण बहादुर थापा, उप–प्रमुखमा बालकुमारी थापाको मनोनयन दर्ता गराएको हो । वडा अध्यक्षमा कांग्रेस बाट वडा नं। १ को वडामा कपिल बहादुर खाँण, वडा नं २ मा कृष्ण बहादुर दर्जी, वडा नं ३ मा उमनाथ अर्याल, वडा नं २ मा राम बहादुर राना, वडा नं ५ मा दुर्गा प्रसाद पोखरेल, वडा नं ६ मा दिवाकर देवकोटा, वडा नं ७ मा दोवराज तिवारी, वडा नं ८ मा मोहन श्रेष्ठ, वडा नं ९ मा डिल बहादुर राना र वडा नं १० मा विजय रानाले मनोनयन दर्ता गराएको छ ।

माथागढी गाउँपालिकाः गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका सन्तोष कुमार थापाले अध्यक्ष र उपाध्यक्षमा विजया भट्टराईले मनोनयन दर्ता गराएका छन् । त्यसै गरी वडा नं १ को वडा अध्यक्षमा महेन्द्र जिसी वडा नं २ को अध्यक्षमा जनक रिजेल, वडा नं ३ को अध्यक्षमा दिपक थापा, वडा नंं ४ को अध्यक्षमा मधु पराजुली, ५ को अध्यक्षमा गणेशजङ गाहा, ६ को अध्यक्षमा युब बहादुर ठाडा, वडा नं ७ को अध्यक्षमा जगबहादुर दर्लामी र वडा नं ८ को अध्यक्षमा दिलबहादुर ढेगाले मनोनयन दर्ता गराएका छन् । मनोनयन दर्ता गर्न आउने कार्यकर्ताहरुले बाजागाजा सहित उम्मेदवारहरुलाई निर्वाचन कार्यालय पु¥याएका थिए ।

रैनादेवी छहरा गाउँपालिकाः गठबन्धन दलले उत्साहजन रुपमा उम्मेदवारी दर्ता गराएका छन् । काँग्रेसको भागमा परेको पालिका अध्यक्षमा रुक्मागत भट्टराईले मनोनयन दर्ता गराएका छन् । उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका युवराज थापाले उम्मेदवारी दर्ता गरेका हुन् । त्यस्तै वडा नं १ को अध्यक्षमा सोम बहादुर दर्लामी , २ को अध्यक्षमा दान बहादुर पौडेल ,३ को अध्यक्षमा प्रदिप पौडेल ४ को अध्यक्षमा लक्ष्मण रायमाझी, ५ को अध्यक्षमा हुमान सिंह कार्की ६ को अध्यक्षमा डोम बहादुर घर्ती ,७ को अध्यक्षमा देबेन्द्र पुन र वडा नं ८ को अध्यक्षमा थमन बहादुर रानाले उम्मेदवारी दर्ता गराएका छ्न । उम्मेदवारी दर्ता गराएका मध्ये वडा नंबर १ र ३ मा माओवादी केन्द्रका उम्मेदवार हुन ।
यस्तै रम्भा गाउँपालिकाः नेपाली काँग्रेसका तर्फबाट उपाध्यक्ष पदमा बिष्णु थापाले उम्मेदवारी दर्ता गरेका छन् । गठबन्धनमा आवद्ध दलका तर्फबाट गाउँपालिका अध्यक्षमा भने नेकपा समाजवादीका उम्म्ेदवार दुर्गा प्रसाद अधिकारीले मनोनयन दर्ता गरे । यहाँ वडा नं १ को वडा अध्यक्षमा इश्वर काफ्ले, २ को वडा अध्यक्षमा रमेश पछाई, ३ को वडा अध्यक्षमा थम्मनबहादुर गाहा, ४ को वडा अध्यक्षमा चेत नारायणश्रेष्ठ र ५ को वडा अध्यक्षमा बिष्णु बहादुर काम्मु थापाले उम्मेदवारी दर्ता गरेका हुन् ।

बगनाशकाली गाउँपालिकाः आसन्न स्थानीय तह निर्वाचनको लागि सत्ता गठबन्धनबाट गाउँपालिकामा अध्यक्षमा नेपाली काँग्रेसबाट सुनिता अधिकारीले उमेदवारी दर्ता गराउनुभएको छ । त्यसैगरी उपाध्यक्षमा एकिकृत समाजवादीबाट कमल पाण्डेले उमेदवारी दर्ता गराउनुभएको छ ।
बगनासकाली वडा नं १ चिर्तुङधाराको लागि वडा अध्यक्षमा नेपाली काँग्रेसबाट शेर बहादुर चिदी सदस्यहरुमा मान बहादुर सोमै र सुरेन्द्र थापा, महिला सदस्यमा विष्णु चिदी र दलित महिला सदस्यमा राधा शार्कीले मनोनयन दर्ता गराउनुभएको छ ।
त्यसैगरी सत्ता गठबन्धनबाटै २ मा अध्यक्ष खुम बहादुर कुमाल, ३ नायरनमतलेसमा अध्यक्षमा उदयराज घिमिरे सदस्यहरुमा विरेन्द्र कुमार श्रेष्ठ र टुक बहादुर थापा बाकावल, महिला सदस्यमा तिकिसरा पाण्डे र दलित महिला सदस्यमा विष्णु विकले उमेदवारी दर्ता गराउनुभएको छ ।
वडा नं ४ खानिछापमा हुतमान सिं दर्लामी वडा अध्यक्षमा मनोनयन दर्ता गर्नुभएको छ । त्यसैगरी वडा नं ५ दर्लमडाडामा धिरज गाहा वडा अध्यक्षमा मनोनयन दर्ता गराउनुभएको छ । त्यसैगरी ६ यम्घामा अध्यक्षमा लक्ष्मी प्रसाद अधिकारी सदस्यहरुमा रम्भा विक, राजेन्द्र बस्याल, गिनु बराल, दिनानाथ बस्यालले उमेदवारी दर्ता गराउनुभएको छ । वडा नं ७ खानिगाउँमा अध्यक्षमा राम बहादुर साठीघरे सदस्यहरुमा रीता भट्टराई, तारा बहादुर राना, डिल बहादुर मिधुन र सुकमाया कामीले उमेदवारी दर्ता गराउनुभएको छ । त्यस्तै वडा नं ८ बराङ्दीमा अध्यक्षमा मिन प्रसाद न्यौपाने सदस्यहरुमा भगवती देवी घिमिरे, कृष्ण बस्याल, सावित्रा वि।क। र नेत्र प्रसाद बस्यालले उमेदवारी दर्ता गराउनुभएको छ । त्यस्तै वडा नं। ९ चापपानीमा अध्यक्षमा ठानेश्वर तिमिल्सेना सदस्यहरुमा यमलाल तिमिल्सेना, कृष्ण भुसाल, शान्ता दर्नालले उमेदवारी दर्ता गराउनुभएको छ ।

रिब्दीकोट गाउँपालिकाः रिब्दिकोट गाउपालिका पाल्पामा नेकपा एमालेको तर्फबाट पुरानै गाउपालिका अध्यक्ष नारायण बहादुर जिसी र उपाध्यक्ष लक्ष्मी खनालको उम्मेद्बारी परेको छ । गठबन्धनबाट अध्यक्षमा नारायण बहादुर कार्की माओवादी केन्द्रबाट कान्ता अधिकारी नेपाली काङ्ग्रेसबाट उम्मेद्बारी दिनुभएको ।
नेकपा एमालेबाट वडा १ अध्यक्षमा चिरन्जिबी पोखेरल २ को अध्यक्षमा सेरबहादुर राना वार्ड न ३ को अध्यक्ष नारायण बहादुर भाट वार्ड न ४ को अध्यक्षमा तेज बहादुर पोख्रेल वार्ड न ५ को अध्यक्षमा कृष्णबहादुर थापा वार्ड न ६ को अध्यक्षमा तुल बहादुर जिसी वार्ड न ७ को अध्यक्षमा चन्द्र बहादुर कुवर र वार्ड न ८ को अध्यक्षमा चक्र बहादुर कुवरको उम्मेद्बारी दर्ता भएको छ । त्यस्तै गठबन्धनको तर्फबाट वार्ड न १ मा नेपाली काङ्ग्रेसका रामचन्द्र पाण्डे वार्ड न २ र ३ मा क्रमशः नेपाली काङ्ग्रेसका ओम प्रसाद पोखरेल,नारायण बहादुर केसी वार्ड न ४ मा जनमोर्चाका सोम कुमार कार्की वार्ड न ५ मा काङ्ग्रेसका मन बहादुर अस्लामी वार्ड न ६ मा माओवादी केन्द्रका प्रकाश रायमाझी त्यस्तै वार्ड न ७ मा माओवादी केन्द्रका नारायण बहादुर कुवरले उम्मेद्बारी दिनुभएको छ । वार्ड न ८ मा माओवादी केन्द्रका नारायण लाम्टागे र काङ्ग्रेसका चुरा बहादुर छ्हरीले अध्यक्ष पदमा उम्मेद्बारी दिनुभएको छ ।

पूर्वखोला गाउँपालिका
स्थानिय तह निर्वाचनका लागी पूर्बखोला गाँउपालिका पाल्पामा गठबन्धनको तर्फबाट अध्यक्षमा नेकपा एकिकृत समाजवादीका मिन प्रसाद गिरी र उपाध्यक्षमा कांग्रेसको तर्फ बाट बिष्णु कुमारी आचार्यले मनोनयन दर्ता गराउनु भएको छ । पूर्वखोला गाउँपालिकाको ६ वडा मध्ये ५ वटामा नेपाली कांग्रेसका र एउटा वडामा नेकपा माओवादी केन्द्रले वडा अध्यक्षमा मनोनयन दर्ता गरेको छ । पूर्वखोला १ मा नेपाली काँग्रेसका चुन बहादुर थापा , वडा नं २ मा काँग्रेसका गोपाल राना , वडा नं ३ मा उमान सिं सुनारी, वडा नं ४ मा नबराज श्रेष्ठ, वडा नं ६ मा झम बहादुर सारुले वडा अध्यक्ष पदका लागि उमेद्वारी दर्ता गरेको छ भने वडा नं ५ मा नेकपा माओवादी केन्द्रले वडा अध्यक्षमा मनोनयन दर्ता गराएको छ ।

निस्दी गाउँपालिका
पाल्पा, कांग्रेस सहितको गठबन्धनले निस्दी गाउँपालिकामा मनोनयन दर्ता गराएको छ । गठबन्धनको तर्फ बाट अध्यक्षमा कांग्रेसका गोपाल अर्याल र उपप्रमुखमा माओवादी केन्द्रका रामप्रसाद खत्रीले उपाध्यक्षमा मनोनयन दर्ता गराउनु भएको हो ।
कांग्रेसले वडा नं। १ को वडा अध्यक्ष पुर्ण बहादुर खाँण, सदस्य टोप बहादुर राना, नेत्र जिसी, महिला सदस्यमा घनीमाया राना र दलित महिला सदस्यमा लक्ष्मी नेपालीको उम्मेदवारी दर्ता गराएको छ । त्यस्तै वडा नं। २ को वडा अध्यक्षमा यम बहादुर मश्राङ्गी, खुल्ला सदस्यमा चुम बहादुर राना, मंगल राना, महिला सदस्यमा ममता पुलामी र दलित महिला सदस्यमा रिमा सार्की, वडा नं। ३ को अध्यक्ष धन बहादुर खण्डलुक, खुल्ला सदस्यमा ओम बहादुर सोमै, किसान बहादुर सारु, महिला सदस्यमा धनमायाँ खरु, दलित महिला सदस्यमा तिल कुमारी विक, वडा नं ४ मा अध्यक्षमा माओवादीका भुपिन्द्र सुनारी, खुल्ला सदस्यमा कांग्रेसका अलङवीर सुनारी, माओवादीका मोतिराम सुनारी, महिला सदस्यमा माओवादीका सीता सोती, दलित महिला सदस्यमा कांग्रेसको पार्वती सार्की, वडा नं ५ को वडा अध्यक्षमा माओवादीका कालुराम सारु, खुल्ला सदस्यमा कांग्रेसको हेम बहादुर पचभैया, यम बहादुर खण्डलुक, महिला सदस्यमा माओवादीको दिल माया ठाडा र दलित महिला सदस्यमा कांग्रेसको बालकुमारी नेपाली, वडा नं ६ को अध्यक्षमा गगन खन्गाहा, खुल्लामा कुम्भ सिं राना, मिन बहादुर राना र महिल सदस्य दिपिका खन्गाहा, वडा नं ७ को अध्यक्षमा मोहन राक्से, खुल्ला सदस्यमा रास बहादुर सोमै, टिकाराम दर्लामी, महिला सदस्यमा धनमाया सोमै, दलित महिला सदस्यमा गुनिसरा वि।क।को मनोनयन दर्ता गराएको हो ।

तिनाउँ गाउँपालिकामा गठबन्धनका तर्फबाट अध्यक्षमा नेकपा माओवादीका राजेश श्रेष्ठ र उपाध्यक्षमा नेपाली कांग्रेसका लालबहादुर थापाले उम्मेदवारी दर्ता गरेका हुन् । नेपाली कांग्रेसबाट वडाध्यक्ष पदका लागि तिनाउँ गाउँपालिका १ मा हस्त बहादुर रास्कोटी, वडा न ३ मा चित्र बहादुर थापा, वडा नं ४ अध्यक्षमा नेपाली कांग्रेसबाट देव सिं दर्लामी र वडा नं ६ मा टोमबहादुर पुन, माओवादी केन्द्रबाट वडा नं २ मा दिनेश घर्ती क्षेत्री, वडा नं ५ मा गणेश बहादुर रास्कोटीले उम्मेदवारी दर्ता गरेका छन् ।

यता नेकपा एमाले पाल्पाका उम्मेदवारहरूले पनि मनानयन दर्ता गराएका छन् । नेएमाले जिल्ला अध्यक्ष धनेन्द्रराज घिमिरे तानसेन नगरपालिकाको नगरप्रमुखको उम्मेदवार बनेका छन् । उप–प्रमुखमा यसअघिकी कार्यपालिका सदस्य शशि श्रेष्ठलाई उम्मेदवार बनाएको छ ।
रामपुर नगरपालिकामा अधिवक्ता शिव अर्याललाई प्रमुखको उम्मेदवार बनाएको छ । उप–प्रमुखमा भने २०७४ कै उम्मेदवार बनाएको छ । निस्दी गाउँपालिकामा पुरानै अनुहार मुक्तबहादुर सारुलाई अध्यक्ष र उपाध्यक्षमा नयाँ अनुहार तीरण श्रेष्ठलाई उपाध्यक्षमा उम्मेदवार बनाएको छ ।

पूर्वखोला गाउँपालिकामा पुरानै जनप्रतिनिधि नुनबहादुर थापा र भागिरथी भट्टराईलाई उम्मेदवार बनाएको छ । रम्भामा पनि यसअघि अध्यक्ष र उपाध्यक्ष भएका विष्णुप्रसाद भण्डारी र राधादेवी श्रेष्ठलाई उम्मेदवार बनाएको छ । बगनासकाली गाउँपालिकामा अध्यक्षमा सरस्वती दर्लामी चिदी र उपाध्यक्षमा हरि पाठकलाई उम्मेदवार बनाएको छ । चिदी यसअघिकी उपाध्यक्ष हुन् ।

तिनाउ गाउँपालिकामा अध्यक्षमा प्रेम श्रेष्ठ, उपाध्यक्षमा सावित्रा रानालाई उम्मेदवार बनाएको छ । माथागढीमा अध्यक्षमा यम चिदी र उपाध्यक्षमा विष्णु लुङ्चेलाई उम्मेदवार टुंग्याएको छ । रिब्दीकोटमा पुरानै अनुहार अध्यक्षमा नारायणबहादुर जीसी र उपाध्यक्षमा लक्ष्मी खनाल र रैनादेवी छहरामा रामबहादुर राउत र उपाध्यक्षमा गीता भट्टराई घिमिरेले उम्मेदवारी दर्ता गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्