राष्ट्रिय जनमोर्चाबाट विद्रोह गरेको समूहबाट रुपन्देहीमा १४ जनाको उम्मेदवारी


appharu

१३ बैशाख २०७९, मंगलवार २१:४७ मा प्रकाशित

पालिकापत्र
बुटवल । राष्ट्रिय जनमोर्चाबाट विद्रोह गरेको समूह (राष्ट्रिय जनमोर्चा जिल्ला समन्वय समिति) बाट रुपन्देहीको बुटवल उपमहानगरपालिकाको मेयर उपमेयरसहित १४ जनाले उम्मेदवारी दिएका छन् । जस अनुसार राजमो केन्द्रीय समन्वय समितिका सचिवालय सदस्य युवा नेता बाबुराम आचार्य (डिल्लीप्रसाद पाध्या)ले बुटवल उपमहानगर पालिकाको मेयरमा उम्मेदवारी दिएका छन् । उपमेयरमा राजमो समन्वयका तर्फबाट युवा नेता डिला रेग्मी उम्मेदवार बनेका छन् । रुपन्देहीको सैनामैना नगरपालिकाको मेयरमा नरबहादुर थापा र उपमेयरमा भिमबहादुर कुँवरले उम्मेदवारी दिएका छन् । यसैगरी रुपन्देहीको कञ्चन गाउँपालिकाको अध्यक्षमा समन्वयका युवा नेता दिपक पौडेल उम्मेदवार बनेका छन् ।
राजमो रुपन्देही जिल्ला समन्वय समितिले २०७९ वैशाख १२ गते एक प्रेस वक्तव्य जारी गर्दै जिल्लाका विभिन्न स्थानीय तहहरुको लागि आफ्ना उम्मेदवारले उम्मेदवारी दर्ता गराएको जनाएको छ । अध्यक्ष नरबहादुर थापाद्वारा जारी उक्त विज्ञप्तीमा जनाइए अनुसार राजमो समन्वय समितिले रुपन्देहीको कञ्चन गाउँपालिकाको वडा नम्बर १ मा पूर्णसिंह सुनारलाई वडा अध्यक्ष, देवेन्द्र आचार्य र प्रकाश सुवेदीलाई खुल्ला सदस्यमा उम्मेदवार बनाएको छ । त्यस्तै कञ्चनकै वडा नं। २ मा गंगाधर पौडेललाई वडा अध्यक्षमा, वडा नम्बर ३ मा मनिराम सापकोटालाई वडा अध्यक्षमा उम्मेदवार बनाएको छ भने भिमबहादुर सिजापति र चतुराखर आचार्यलाई खुल्ला सदस्य र टिका थापालाई महिला सदस्यमा उम्मेदवार बनाएको छ । कञ्चन गाउँपालिकाको ४ नम्बर वडामा डिलमाया फौजाले राजमो समन्वयको तर्फबाट खुल्ला सदस्यमा आफ्नो उम्मेदवारी दर्ता गराएकी छिन् ।
द्दद्ध

प्रतिक्रिया दिनुहोस्