तिलोत्तमा प्रदीपनगरका १६ वर्षिय विशाल घिमिरे दुई दिनदेखि सम्पर्कविहीन, खोजी गरिदिन परिवारको अपील


appharu

१५ बैशाख २०७९, बिहीबार १८:१२ मा प्रकाशित

पालिकापत्र
तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा–८ प्रदीपनगर संगमटोलका १६ वर्षिय विशाल घिमिरे तीन दिनदेखि सम्पर्कविहीन भएका छन् । झपेन्द्र घिमिरे र पदमा घिमिरेको छोरा विशाल बैसाख १३ गते मंगलबार दिउसो २ बजेतिरदेखि हराएका हुन् । दुई दिनसम्म घरमा नआउंदा परिवारजन चिन्तामा डुबेका छन् । छोराको खोजीमा तदारुकता देखाइदिन विशालका बुबा झपेन्द्रले प्रहरी प्रशासनसंग अपील गरेका छन् । छोरो सम्पर्कविहीन भएपछि आमा पदमा घिमिरेको दिनमा भोक र रातमा निद्य्रा हराएको र रोएर दिन बिताउने गरेको स्थानीय संगिता घिमिरेले बताइन् ।
उनलाई देख्ने जो कोहीले नजिकको प्रहरी चौकी वा मोबाइल नम्बर ९८५७०७३३३६ र ९८४७२७२४९६ मा सम्पर्क गरेर सहयोग गर्न परिवारजनले अनुरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्